images
images

कटारी , ३ च्याँगाकी १३ वर्षिय जमुनालाई उपचार गर्न आर्थिक समस्या

जन्ताभ्वाईस सम्बाददाता
२८ , साउन , बिहिबार

कटारी / उदयपुरको कटारी नगरपालिका –३,च्याँगाका १३ वर्षिय वालिका जमुना तामाङ्गलाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । २ वर्ष अघिदेखि एक्कासी अनावश्यक पेट बढ्ने , शरिरका अन्य भाग सुक्ने रोग देखिएको जमुनाका आमा मंगली तामाङ्गको सोही लक्षणको रोगका कारण ज्यान गएको थियो । बुवा हेमबहादुर तामाङ्ग अरुकै घरगाउँमा वनिबुतो गरिहिंड्ने भएकाले च्याँगास्थित मामा नेत्रलाल तामाङ्गको संरक्षण्मा रहेकी जमुनालाई उपचारमा समस्या रहेको छ ।
डाक्टरका अनुसार ब्लवड क्यान्सर र कालो टिवी रहेको हुन सक्ने मामा नेत्रलाल तामाङ्गले बताउनुभयो । ३ नम्बर वडा कार्यालयले पनि मामा नेत्र तामाङ्गले हेल्पिङ्ग ह्याण्स सामुदायिक अस्पत्ताल चाबहिल , काठमाडौंमा लगेको र अस्पत्तालले ब्लड क्यान्सरको पुष्टि गरेकाले निजको उपचारमा आर्थिक समस्या भएकाले सहयोग गर्न अपिल गरेको सिफारिस गरिदिएको छ । अस्पत्तालले कान्ति बाल अस्पत्तालमा उपचारका लागि लैजान रेफर गरेपनि आर्थिक अभावकै कारण उपचारमा लैजान नसकिरहेको मामा नेत्रलाल तामाङ्गले बताउनुभयो ।
आमाको मृत्यु भईसकेको , कतैपनि घरजग्गा नभएको र बुवा पनि जता काम पायो उतै काम गरिहिंड्ने भएकाले जमुना मामाघरमा रहेकी छिन् ।
उनको पेट फुल्ने र बाहिरबाटनै हरियो नशाहरु देखिने भईसकेको छ । शरिरका अन्य भागहरु सुक्दै गएका छन् । दुखेको केहि महशुस नहुने जमुनाले बताईन् । उपचार पाएर आफु निको हुने आशा राखेको जमुना बताउँछिन् । आर्थिक अभावका कारण उनले अहिले अस्पत्तालमा राम्रो थप उपचार पाउन सकिरहेकी छैनन् । यस वारेमा थप जानकारी लिन उनको मामा नेत्रलाल तामाङ्गको फोन नम्बर ९८६९८०७४११ मा फोन गरेर बुभ्mन सकिनेछ । सवैले सहयोग गरे उपचार गरी भाञ्जीलाई सन्चो बनाउने आशा राखेको मामा नेत्रलाल बताउँछन् ।