images
images

दिप प्रज्वलन गरी २७ औं विश्व आदिवासी दिवश मनाईयो

जन्ताभ्वाईस सम्बाददाता
२६ साउन , मंगलबार

कटारी/ हिजो २७ ओं विश्व आदिवासी दिवश कटारीमा पनि मनाईएको छ । दिवशको अवसर पारेर साँझ कटारीको भूगोलपार्कमा दिप प्रज्वलन गरी मनाईएको हो । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद कटारीको आयोजनामा दिवश मनाईएको हो । विश्वको आदिवासी जनजाति एक हौं , पहिचान सहितको संघियता र स्वातन्त्रताको लागि संविधान संशोधन हाम्रो अभियान ।
धर्म निरपेक्षता र पुर्ण समानुपातिक ब्यावस्थाका लागि २७ औ विश्व आदिवासी दिवस हाम्रो आन्दोलन“ भन्ने मुल नाराको साथ दिप प्रज्वलन गरिएको थियो । विगतमा कटारीमा धुमधामका साथ वृहत कार्यक्रमका साथ यो दिवश मनाउने गरिएको थियो । पछिल्लो समय कोरोना संक्रमणका कारण यो दिवश दिप प्रज्वलनमा खुम्चिएको हो ।