
– ऋषि राई
१७ साउन , आईतबार
कटारी/ सोलु करिडोर १३२ केभी प्रशारण लाईन अन्र्तगत कटारी –४ , मरुवामा आयोजनाले गरेको ज्यादती विरुद्धमा संघर्षका कार्यक्रमहरु सार्वजनिक गरिएको छ । हिजो साँझ समस्या समाधान पहल समितिको सर्वपक्षिय , सर्वदलिय वैठकपश्चात प्रेश विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएको हो ।
कार्यक्रम अन्र्तगत वार्ताबाट समस्या समाधान नभएसम्म सम्पूर्ण कार्य स्थगित गरिने , आज कटारी बजार बन्द गर्ने ,भोलि यातायात बन्द गर्ने ,पर्सि कार्यालयहरुमा अनिष्चित कालिन तालाबन्दी ,२० साउनमा प्रहरी राखिएको मरुवामाविमा तालाबन्दी ,२१ गते साउन उदयपुर जिल्ला बन्दको आव्हान गर्ने समितिका संयोजक केपी बरालले बताउनुभयो ।
कटारीका सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरु हस्ताक्षरित विज्ञप्तिमा सहमति विना नै कृषकहरुको खेतमा लगाईएको धान ,मकै , फलफुलमा ठुलो क्षति पुराएर काम जारी राखेकोले तत्काल वार्ताबाट निष्कर्ष निकाल्नुपर्ने माग राखिएको छ । त्यसैगरी शुक्रबार , र शनिबारको विरोध कार्यक्रममा प्रहरीले ज्याददी गर्दा स्थानीयहरु घाईते समेत भएको अवस्थामा तत्काल उपचारको व्यवस्था गर्नुपर्ने लगायतका मागहरु राखिएको छ ।
सम्बन्धित निकायहरुसँगको वार्ताको माध्यमबाट मात्रै सहमति गरेर काम अघि बढाउन पनि विज्ञप्तिमा माग गरिएको छ । यस विषयमा हिजो पनि मरुवामा झडप भएको थियो । झडपमा ५ स्थानीय घाईते भएका थिए । संयोजक बरालका अनुसार प्रहरीसँगको झडपमा स्थानीय रिता राई , कपिल राई , लक्ष्मी मगर र गोमा मगर घाईते भएको र उनीहरुको कटारी अस्पत्तालमा उपचार गरी घर फर्किएको पनि संयोजक बरालले बताउनुभयो ।
विबादपछी कटारीका राजनीतिक दलका प्रतिनिधिहरुको सहभागीतामा कोणसभाको समेत आयोजना गरिएको थियो । झडप पश्चात कटारीका राजनीतिक दलका प्रतिनिधिहरु र आयोजना प्रमुखसँगको वार्ताले कुनै निष्कर्ष निकाल्न नसकेको समितिले जनाएको छ । स्थानीयले निष्कर्ष निकाल्नका लागि आयोजना प्रमुख , जिल्ला अधिकारी , नगरका जनप्रतिनिधि लगायतका सरोकारवालाहरुसँग वार्ता गर्नुपर्ने , तत्काल प्रहरी मरुवामाविबाट हटाउनुपर्ने , र वार्ताबाट मात्रै समस्या समाधान हुनुपर्ने माग राख्दै आएका छन् ।
त्यहाँ ३ वर्षदेखि रोकिएको काम केही दिन अघिबाट सुरु गरिएको थियो । वडा नम्बर ४ मरुवास्थित मरुवा हरित सामुदायिक वनका उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माण ३ वर्षयता रोकिँदै आएकामा स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरी केही दिन अघिबाट काम सुरु गरेको हो ।
मरुवाका स्थानीयले सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको एलाइमेन्ट परिवर्तन गर्न माग गर्दै आयोजना निर्माणमा अवरोध पु¥याउँदै आएका थिए । जिल्ला सुरक्षा समिति उदयपुरले निर्माणाधीन राष्ट्रिय गौरवको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माणको अवरोध हटाउन सुरक्षाकर्मी परिचालन गरि काम अघि बढाएको छ ।
मरुवा माध्यमिक विद्यालय कटारीमा सुरक्षाकर्मी राखेर टावर निर्माण अगाडि बढेपछि विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच विवाद भएको सोलु करिडोर विवाद समाधान पहल समिति संयोजक केपी बरालले बताउनुभयो । विभिन्न मन्त्रालयहरुमा डेलिगेसन गएर माग राखेको र आश्वासन समेत पाएपनि टावर स्थान परिवर्तत नभएपनि सोही रुटमा पनि उचित मुअब्जा पाउनुपर्ने स्थानीयको माग थियो ।
स्थानीयको माग बमोजिम मुअब्जामा पनि सहमति विना नै प्रहरी गाउँभरी परिचालन गरेर काम थालिएपछि मरुवामा त्रास छाएको हो । त्यहाँ महिनौदेखि दैनिक तनाव थपिंदै गएको छ । दैनिक झडप हुने क्रम बढ्दै गएको छ । बिवाद समाधानका लागि राजनीतिक दलहरुले आग्रह गरेपनि प्रशासनले भने वास्ता नगरेको समितिले जनाएको छ । अस्ति शुक्रबारको झडपमा पनि त्यहाँ ६ जना स्थानीय घाईते भएका थिए ।