जन्ताभ्वाईस सम्बाददाता
१६ साउन ,शनिबार
कटारी / विवादित सोलु करिडोर १३२ केभिएको टावर गाड्ने क्रममा कटारी ४ मरुवामा हिजो बिवाद भएको छ । मरुवा माविमा सुरक्षाकर्मी राखेर टावर गाडेको प्रशासनको विरोध उत्रिएका स्थानीय र प्रहरीवीच बिवाद भएको हो । बिवादका क्रममा केही घाईते भएको र ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको सोलु करिडोर विवाद समाधान पहल समितिका संयोजक केपी बरालले बताउनुभयो ।
समितिले गृह तथा उर्जा मन्त्रालयमा पछिल्लो पटक समेत डेलिगेसन जाँदा बिवाद समाधान गर्ने बताएको भएपनि प्रहरीले स्थानीयको मर्मविपरित काम अघि बढाएको भन्दै विरोध स्वरुप आज कटारी बन्द गर्ने तथा आजै घटनास्थलमै गएर विरोध जनाउने पनि संयोजक वरालले बताउनुभयो । हिजो सर्वदलिय सर्वपक्षिय वैठक बसेर आगामी विरोधका कार्यक्रम अन्र्तगत आज बजार बन्द तथा घटनास्थलमै विरोध गर्ने कार्यक्रम रहेको पनि संयोजक बरालले बताउनुभयो ।
मरुवामा सोलु करिडोरको विवाद समाधानका लागि पटक पटक मन्त्रालयसम्म डेलिगेसन गएपनि अभैm समस्या समाधान हुन सकेको छैन् । लामो समयको बिवादपछी मरुवामाविमा नेपाल प्रहरी तथा शसस्त्र प्रहरी तैनाथ गरेर टावर गाड्ने क्रम जारी छ । मुअब्जा बिवाद समाधान नै नभई प्रहरीले स्थानीयको हरियो धान खेत फाँड्दै शक्ति प्रदर्शन गरेर टावर गाड्ने काम अघि बढाएको स्थानीयले बताएका छन् ।