images
images

कटारीका आदिवासी जनजाति अगुवा सुनुवारको कोरोनाका कारण निधन

जन्ताभ्वाईस सम्बाददाता
१३ ,साउन , वुधबार

कटारी / कटारीका आदिवासी जनजाति अगुवा राजनीतिकर्मी केयरसिंह सुनुवारको कोरोनाका कारण ज्यान गएको छ । मंगलबार विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उहाँको निधन भएको हो । कटारी नगरपालिकाका स्वास्थ्य शाखाका पन्कज कुशवाहा क्षेत्रीका अनुसार सुनुवारलाई कटारीमै एन्टिजेन परीक्षण गरिएको थियो ।
एन्टिजेन परीक्षणमा उहाँलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछी थप उपचारका लागि प्रतिष्ठान घोपा धरान पुराईएका सुनुवारको कोरोनाका कारण ज्यान गएको हो । सुनुवार कटारीमा आदिवासी जनजातिहरुको सवालमा नेपाल आदिवासी जनजाति महासंघको तत्कालिन गाउँ समन्वय परिषद कटारीको कोषाध्यक्ष , तथा नगर समन्वय परिषदको सल्लाहाकार हुँदै विभिन्न तहमा रहेर काम गर्नुहुन्थ्यो ।
आदिवासी जनजातिहरुको सवालमा कटारीका हरेक कार्यक्रमहरुको अग्रस्थानमा रहेर काम गर्नुभएका सुनुवार कटारीमा आदिवासी जनजाति आन्दोलनको एक खम्बा समेत हुनुहुन्थ्यो । कटारीमा आदिवासी जनजाति महासंघ स्थापनासँगै उहाँले महासंघलाई यहाँसम्म ल्याईपुराउन भूमिका खेल्नुभएको थियो ।
त्यसैगरी राष्ट्रिय जनमुक्ती पार्टीहुँदै तत्कालिन संघिय समाजवादी पार्टीको क्षेत्रीय अध्यक्ष समेत हुनुहुन्थ्यो । सुनुवार सेवा समाज लगायत जातिय संस्थाहरुको अगुवा नेतृत्व गर्नुहुने सुनुवारको निधनले कटारीमा आदिवासी जनजातिको सवालमा जहिले वहस गर्ने एक अगुवा पात्र गुमाएको छ । पछिल्लो समय उहाँ लेखापढी व्यवसायी समेत गर्दै आउनुभएको थियो ।