images
images

सोलुकरिडोर विवाद समाधानका लागि नवनियुक्त गृह र उर्जामन्त्रीलाई माग

जन्ताभ्वाईस सम्बाददाता
७ साउन , बिहिबार , २०७८

कटारी / उदयपुरको कटारी नगरपालिका वडा नम्बर ४ मरुवामा जारी सोलु करिडोर विवाद समाधानका लागि सरोकारवालाहरुले नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँड र उर्जामन्त्री पम्फा भुषाललाई ज्ञापन पत्र बुझाएका छन् ।सोमबार उदयपुर क्षेत्र न २ को प्रतिनिधि सभा सदस्य सुरेशकुमार राई , सांसद लक्ष्मी परियार, पूर्व सांसद जगन्नाथ खतिवडा ,कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठ , समस्या समाधान पहल समिति संयोजका केपी बराल , कटारी ४का अध्यक्ष कृष्ण राज दनुवार साथै पीडित , सरोकारवाला ,स्थानीय राजनैतिक दलका प्रतिनिधिहरु लगायत स्थानीयवासीको उपस्तिथिमा मन्त्रालयमा छलफल भएको हो ।
छलफल पश्चात गृहमन्त्री खाँडले मरुवामाविबाट तत्काल सुरक्षाकर्मी हटाउन सचिवलाई निर्देशन दिनुभएको समितिका संयोजक बरालले बताउनुभयो । त्यसैगरी उर्जामन्त्री भुषालले तत्काल मुअब्जा पुर्नमुल्याकंनको लागि अघि बढाउने आश्वासन दिनुभएको पनि बरालले बताउनुभयो । बरालले ऐलानी जग्गावालाहरु १६ घरपरिवार र ४० घरबढी नम्बरी जग्गावालाहरु रहेको र त्यहाँ तीनवर्ष अघिदेखि स्थानीयले दिन नमानेपछि एकलौटी लगतकट्टा गरीएकोले तीनवर्ष अघिको मुअब्जाले अन्याय हुने मन्त्रालयमा जानकारी गराउनुभएको थियो ।
मरुवामा यस अघि नै जिल्ला प्रशासन कार्यालयले विवादिद सोलु करिडोर १३२ केभिए प्रशारण लाईनको टावर राख्ने काम गरिरहेको छ । स्थानीयले टावर अन्यत्र सार्नुपर्ने माग राखेपनि सरकारले नमानेपछी हाल आवश्यक मुअब्जा र मरुवामाविबाट सुरक्षाकर्मी हटाउनु पर्ने लगायतका मागलाई स्थानीयले अघि सारेका छन् ।