ऋषि राई
५ , साउन , मंगलबार
कटारी / प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई उदयपुरको कटारी नगरपालिकालाई टुक्राउने प्रस्तावलाई सिफारिस गर्न माग गरिएको छ । सोमबार कटारी नगरपालिकाका माथिल्लो पहाडी भेगका ५ वडालाई समेटेर छुट्टै स्थानीय तह गाउँपालिका निर्माण गर्न गरिएको मागलाई सिफारिस गर्न माग गर्दै गाउँपालिका माग सहजिकरण समितिले मुख्यमन्त्रीलाई आग्रह गरेको हो ।
समितिका संयोजक अम्बर मगरका अनुसार माग पत्र वुभ्mदै मूख्यमन्त्री राईले आवश्यक कार्वाहीका लागि प्रमुख सचिवलाई निर्देशन दिएको बताए । ‘आवश्यक प्रकृया के रहेछ बुभ्mछु भन्नुभएको छ ’मगरले भने –‘क्याविनेटको निर्णय आवश्यक पर्ने नपर्ने विषयमा जानकारी लिन्छु , आवश्यक सहयोग हुन्छ भन्नुभयो ’। आगामी साउन ९ गते मूख्यमन्त्रीको कार्यालयमा थप जानकारी लिन सकिने मूख्यमन्त्री राईले बताएको पनि मगरले बताए ।
सिफारिस माग गर्न कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ सहित माथिल्लो गाउँपालिका माग गर्ने वडाका वडाध्यक्षहरु सहजिकरण समितिका प्रतिनिधिहरुले मूख्यमन्त्रीलाई भेटेका हुन् । मेयर श्रेष्ठले कटारीका पहाडी वडाहरुलाई सेवा प्रवाह गर्न असहज भएको आपैmले पनि महसुस गरेकाले सिफारिस गर्न आवश्यक रहेको बताएका थिए । १४ वटा वडा रहेको नगरपालिकाका वडा नम्बर ९ , १० , ११ , १३ र १४ नम्बर वडालाई समेटेर छुट्टै गाउँपालिका निर्माणको माग गरिएको छ ।
यस अघि समितिले नगरपालिकामा असार ८ गते नगरपालिकालाई टुक्राएर गाउँपालिका बनाउन माग गरेको थियो । लगत्तै नगर १७ असारको नगरको सातौ नगरसभाले छलफल गर्दै उक्तमागलाई जिल्ला समन्वय , प्रदेश सरकार र केन्द्र सरकारलाई सिफारिस गर्ने निष्कर्ष निकालेको थियो । नगरभित्रको नगरवाट वितरण गरिना सेवा सुविधाहरु भौगोलिक विकटता , स्थायी पूर्वाधारको अभाव , दुरीका हिसाबले नगरबाट लिन समस्या रहेकोले छुट्टै स्थानीय तह गाउँपालिकाका आवश्यक रहेको भन्दै छुट्टै गाउँपालिका माग गरिएको हो ।
५६ हजार १ सय ४६ जनसंख्या रहेको नगरपालिकामा उक्त वडाहरुका मात्रै १८ हजार ५ सय ६६ जनसंख्या रहेकाले नगरपालिकालाई समेत नगरपालिका रहन कुनै असर नपुग्ने अवस्थामा छुट्टै गाउँपालिकाको माग गरिएको समितिले जनाएको छ । गाउँपालिकाको मापदण्डको आधारमा भुगोल , जनसंख्या र भौतिक पूर्वाधारहरु पुग्ने भएकाले संविधानको धारा २९५ को विभिन्न दफाहरुमा समेत उल्लेख कुराहरु अनुसार गाउँपालिका निर्माण गर्न सकिने अवस्था भएकाले गाउँपालिकाको माग गरिएको संयोजक मगगरले बताए ।


जनता भ्वाइस 








