images
images

कटारीका मेयर ,उपमेयरद्वारा साकेला थानमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता

जन्ताभ्वाईस सम्बाददाता
२ साउन , शनिबार , २०७८

कटारी / उदयपुरको कटारी नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले संस्कृतिको विकास गरे सकारात्मक शन्देस जाने बताउनुभएको छ । आज कटारी ३ स्थित किरात राई समुदायको निर्माणाधिन साकेला थानको किरात माङ्खिम घर , साकेला थान , साकेला पार्कको अनुगमन गर्दै मेयर श्रेष्ठले भौतिक विकाससँगसँगै संस्कृतिको विकासले सकारात्मक शन्देस जाने बताउनुभयो ।
साकेला थानमा आवश्यक शौचालय , पार्कका लागि अन्य आवश्यक संरचना निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाउँदै मेयर श्रेष्ठले यहाँका सबै जातजातिहरुको संस्कृतिको जगेर्ना गर्न आफु तत्पर रहेको र लागि परिहेको बताउनुभयो । त्यसैगरी सोही थानमा अनुगमनमा पुग्नु भएका उपमेयर भिमकुमारी राउतले साकेलामा महिलाहरुको पनि धेरै सहभागिता रहने भएकाले महिलाहरुका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
त्यहाँ अहिले उदयपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित संघिय सांसद सुरेस राईको पहलमा संस्कृति मन्त्रालयबाट विनियोजित ५ लाखको साकेला थान र १५ लाखको किरात माङ्खिम घर निर्माण भईरहेको छ । साकेला थानमा भौतिक संरचना निर्माणमा स्थानीय सरकारले महत्वका साथ सहयोग गरिहेको किरात राई यायोक्खा नगर कमिटीका अध्यक्ष पदम राईले बताउनुभयो ।
साकेला थानमा धेरै वर्ष पहिलादेखि किरात राई समुदायले सामुहिक रुपमा आप्mनो उभौली उधौली पर्व साकेला नाचेर मनाउँदै आएका छन् । संरचना निर्माणसँगै साकेला थान परिसर रमणिय बन्दै गएको छ ।