
जन्ताभ्वाईस सम्बाददाता
३१ असार , बिहिबार , २०७८
कटारी /उदयपुरको कटारी नगरपालिकाले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्र्तगत यस वर्ष ३सय २० जनालाई रोजगारी दिएको छ । संघिय सरकारकोे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्र्तगत ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ संञ्चालनमा छ । नगरका रोजगार संयोजक विनोद धमालका अनुसार १ सय ४२ महिला र १ सय ७८ पुरुषले आर्थिक वर्ष २०७७।७८मा गाउँघरमै रोजगारी पाएका हुन् ।
बेरोजगारलाई कम्तिमा पनि १०० दिन बराबरको रोजगार दिने कार्यक्रमको लक्ष्य अनुरुप शुरु गरिएको कार्यक्रममा यहाँका बेरोजगार युवायुवतीले उत्साहका साथ सहभागिता जनाएको धमालले बताउनुभयो । नगरका विभिन्न ३२ योजनामा उनीहरुले रोजगारी पाएका हुन् ।नगरमा जम्मा युवा तर्पm ३५ लाख ६७ हजार ८ सय १७ र कामका लागि पारिश्रमिक तर्पm १ करोड २ लाख ४५ हजार ९ सय ६ गरी १ करोड ३८ लाख १३ हजार ७ सय २३ को लागतमा सरसफाई तथा मर्मतका योजनाहरु संञ्चालन गरिएको थियो । जसमा नगरका वेरोजगारहरुले रोजगारीको अवसर पाएका हुन् ।