जन्ताभ्वाईस सम्बाददाता
३१ असार , बिहिबार , २०७८
कटारी / योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा असहमति जनाउँदै कटारीका निजी वैंक तथा वित्तिय संस्थाहरुले विरोध जनाएका छन् । नेपाल सरकारद्वारा २०७६ साउनदेखि लागु भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले संविधान तथा श्रम ऐन र ट्ेड युनियनद्वारा प्रदत्त अधिकारबाट संवोधन गर्न नसक्ने भन्दै आज कटारीमा र्याली सहित विरोध गरिएको हो ।
कटारी बजारमा र्याली गर्दै भूगोलपार्कमा १५ मिनेट धर्ना वसेको एनसिसी वैंकका कटारी शाखा प्रमुख रमेश भण्डारीले बताउनुभयो । खाईपाई आएको सेवा सुविधा घटन्े र तीनदशक लामो संघर्षबाट प्राप्त उपलब्धि गुम्ने भएकोले साथै योगदानमा आधारित सामाजिक सुरक्षा योजना स्वेच्छिक नभई वाध्यकारी भएकाले त्यसैगरी न्युनतम ज्याला पारिश्रमिकबाट वञ्चित वहुसंख्यिक श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराई तीनको सामाजिक सुरक्षाको हक सुनिष्चित नगरेकोले विरोध जनाईएको उनीहरुले बताएका छन् ।
सामाजिक सुरक्षा कोष कर्मचारीको ईच्छा अनुसार हुनुपर्ने भन्दै सांकेतिक रुपमा कटारी बजार भित्रका वैंक तथा वित्तिय संस्थाहरुले आन्दोलन गरेको नविल वैंक कटारीका प्रमुख सुदिप दाहालले बताउनुभयो ।विधेयक र ऐन शंसोधन गर्नुपर्ने उनीहरुको माग छ ।


जनता भ्वाइस 








