images
images

कटारी नगरलाई शुसासन र उत्तरदायी बनाउन विभिन्न मागसहित माओवादी केन्द्रले ज्ञापन पत्र बुझायो

जन्ताभ्वाईस सम्बाददाता
३१ ,असार , बिहिबार , २०७८

कटारी / उदयपुरको कटारी नगरपालिकालाई शुसासन सहितको जनउत्तरदायी नगर बनाउन माग गर्दै ज्ञापन पत्र बुझाईएको छ । विहिबार नेकपा माओवादी केन्द्र नगर समिति कटारीले विभिन्न ७ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।
समितिका अध्यक्ष मनिराज दाहालले मेयर ज्ञानेन्द्र श्रेष्ठलाई बुझाएको ज्ञापन पत्रमा नगरपालिका भित्र भएका गतिविधिहरुलाई गुमराहमा राखिएको भन्दै ससर्त , निसर्त , समपुरक , लगायतका स्रोत र ऋण लिएको भए पारदर्शी विवरण सार्वजनिक गर्नुपर्ने ,प्रत्येक महिनाको ७ गतेभित्र सार्वजनिक सुनुवाई गर्नुपर्नेमा गर्न नसकेकाले प्रत्येक वडामा स्थानीय सरकार संञ्चालन ऐन २०७४ कोअधिनमा रहि सार्वजनिक सुनुवाई हुनुपर्ने ,नगरको सेवामा ढिलासुस्ती ,शुसासन कायम नभएकाले नगरपालिकाले जवाफ दिनुपर्ने मागहरु राखिएको छ ।

त्यसैगरी नगरपालिकाले खरिद गरेको सामानको मुल्यसुचि सहित सार्वजनिक गर्नुपर्ने, नगरको सवै शाखाको बजेट सार्वजनिक गर्नुपर्ने , कोरोना कोषको बजेट र खर्च सार्वजनिक गर्नुपर्ने , र नगरका सार्वजनिक जग्गा संरक्षणको निम्ति नेपालको कानुन र भूमी ऐनलाई टेकी सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने जसका लागि सर्वदलिय , सर्वपक्षिय सरोकारवालाहरु सहितको सहमति जुटाउनुपर्ने मागहरु राखिएको छ । ज्ञापन पत्रमा उल्लेख गरिएका मागहरु सम्बोधन नभए थप संघर्षका कार्यक्रहरु तय गर्न वाध्य हुने पनि ज्ञापन पत्रमा चेतावनी दिईएको छ ।
ज्ञापन पत्र वुभ्mदै मेयर श्रेष्ठले छिटोभन्दा छिटो मागहरुको सम्बोधन गर्दै सार्वजनिक गर्ने प्रतिवद्धता जनाउनुभयो । नगरपालिकामा शुसासन हुन विधिको शासन , पारदर्शिता जवाफदेहि सहभागिता मुलक र समावेशी हुन नसकेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्र वुझाउन माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु नगरपालिका पुगेका थिए ।