images
images

मरुवामा सोलु करिडोरको काम रोकिन्दैन – प्रमुख जिल्ला अधिकारी , जनताको माग बमोजिम मुअब्जा पुर्नमुल्याकंन हुनुपर्छ – ज्ञानेन्द्र श्रेष्ठ

– रेनु पराजुली
२८ असार , सोमबार २०७८

उदयपुर / उदयपुरको कटारी –४, स्थित मरुवा खोलामा सुरक्षाकर्मी राखेर सुरु गरिएको सोलु करिडोरको टावर राख्ने काम कुनैपनि हालतमा नरोकिने भएको छ । विगत दुईवर्षदेखि मरुवावासीको विरोधका कारण रोकिएको काम केहि दिन अघि जिल्ला प्रशासनले मरुवामाविमा ३ सय वढी नेपाल र शसस्त्र प्रहरी राखेर सुचारु गरेको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालयमा डेलिगेसनका लागि पुगेका समस्या समाधान पहल समितिको ज्ञापन पत्र बुभ्mदै प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले काम कुनै हालतमा नरोकिने बताउनुभयो । ‘ईलाका प्रशासन कार्यालय कटारीका प्रमुख तुलाराज सुनुवारको संयोजकत्वमा मुल्याकंन गरिएको मुल्य नै कायम गरिएको हो ।’उनले भने –‘मुअब्जा मूल्याकंनमा जनप्रतिनिधि किन सहभागी भएनन् ।’स्थानीयको माग बमोजिमको मुअब्जा पुर्नमूल्याकंनका लागि गृह मन्त्रालयमा पत्राचार गर्ने सेढाईको भनाई थियो । सरकारको निर्देशन र कानुन बमोजिम काम अघि बढाएकाले काम नरोकिने पनि अधिकारी सेढाईले बताउनुभयो ।
डेलिगेसनमा कटारी नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठ , उपप्रमुख उपमेयर भिमकुमारी राउत , पहल समितिका संयोजक केपी बराल , सर्वपक्षिय राजनीतिक दलका प्रतिनिधिहरु , तथा स्थानीयहरु ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय गाईघाट पुगेका थिए । डेलिगेसनमा पुगेका कटारी नगरका मेयर श्रेष्ठले जनताको चित्त बुभ्mने गरी मुअब्जा मूल्याकंन हुनुपर्ने र विकासका काम अघि बढ्नुपर्ने बताउनुभयो ।
ज्ञापन पत्रमा नगरपालिकाकाले सिफारिस गरेबमोजिम प्रतिकट्ठा ५० लाख कायम गरी मुअब्जा दिनुपर्ने ,नम्बरी र ऐलानीसमेतको जग्गाको टावर राखेको स्थानको बराबर टावर मुनिको जग्गालाई पनि मुअब्जा दिनुपर्ने ,स्थानीय सरकार , स्थानीय राजनीतिक दल तथा स्थानीयसँग वार्ता गरी सहमति जुटाएर काम अघि बढाउनु पर्ने ,सुरक्षाकर्मी राखेर सुरु गरिएको काम सहमति नभएसम्म स्थगित गर्नुपर्ने ,मावि मरुवाबाट प्रहरी हटाई वालवालिकाको पठन पाठन गर्ने वातावरण बनाउनुपर्ने ,कोभिडको समयमा अन्यत्रबाट सुरक्षाकर्मी तथा भारतिय कामदार ल्याउँदा गाउँमा सन्त्रास पैmलिने त्रास अन्त्य गर्नुपर्ने लगायतका माग राखिएको छ । उल्लेखित माग ७ दिनभित्र पुरा नभए जनता संघर्षमा उत्रन बाध्य हुने भन्दै त्यसबाट आउने परिणाम भोग्न सम्बन्धित पक्षलाई चेतावनी समेत दिईएको छ ।
डेलिगेसनमा पुगेका स्थानीय सूर्य कार्कीले मुअब्जा वितरण समान ढंगले नभएको बताउनुभयो । प्रहरीले मरुवामा दुव्र्यहार गरेको , कोरोना संन्त्रास पैmलाएको भन्ने आरोपमा स्पष्ट पार्दै जिल्लाका सुरक्षाप्रमुखहरुले कुनै दुव्र्यहार नगरेको , सवै कोरोना खोप लगाएका सुरक्षाकर्मी परिचालन गरिएको तथा सुरक्षाकर्मीले कुनै सन्त्रास नपैmलाई काममा मात्र केन्द्रित भएको बताएका थिए ।
डेलिगेसनमा पुगेका राजनीतिक दलका प्रतिनिधिहरुले जनताको समस्या पहिचान गर्दै मुअब्जा पुर्नमुल्याकंन गरी स्वतस्फुर्त रुपमा विकासको काम गर्नुपर्ने बताएका थिए । विद्यालयमा प्रहरी राखेको विषयमा प्रमुख जिल्ला अधिकारी सेढाईले कोरोनाका कारण बन्द विद्यालयमा प्रधानाध्यापक नारायण अधिकारीसँग छलफल गरी कुनै असर नहुने भएकाले विद्यालयमा सुरक्षाकर्मी राखिएको बताउनुभयो ।
दुईदिन अघि मात्रै उदयपुर क्षेत्र नम्बर २ बाट निर्वाचित संघिय सांसद शुरेस कुमार राई , मेयर श्रेष्ठ तथा राजनीतिक दलका प्रतिनिधिहरु स्थलगत रुपमा नै मरुवामा पुगेर सुरक्षाकर्मीहरुलाई सहमति नभएसम्म काम अघि नबढाउन आग्रह गरेका थिए । तर पनि कामलाई प्रशासनले निरन्तरता दिईरहेको छ ।
लामो समयदेखि अवरुद्ध आयोजनाका विषयमा यसअघि पटक–पटक छलफल हुँदै आएको छ । प्रसारण लाइनको बाटो (राइट अफ वे) मा पर्ने ऐलानी जमिनको समेत मुआब्जा पाउनुपर्ने र प्रसारण लाइनको टावर प्रस्तावित स्थानभन्दा अन्यत्रै सार्नुपर्नेलगायत सर्त राखेर स्थानीयले काममा अवरोध गर्दै आएका थिए ।तर सरकारले प्रस्तावित स्थानभन्दा अन्यत्र टावर नसार्ने भएपछी स्थानीय अहिले मुअब्जा बढाए काम गर्न दिने अवस्थामा पुगेका छन् ।
प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसक्दा गत २० माघ २०७६ देखि व्यावसायिक उत्पादन गर्दै आएको सोलुखोला हाइड्रो पावरको २३ मेगावाटमध्ये ४.५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको छ । सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिङ्लासम्म ९० किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ । यसमध्ये ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।
कुल ९० किलोमिटर प्रसारण लाइनमध्ये ४५ किलोमिटरमा डबल सर्किट लाइन (तार) टांग्ने कामसमेत सकिएको छ । उक्त प्रसारण लाइन निर्माण भएपछि सोलु र आसपास क्षेत्रका आयोजनाबाट हाल उत्पादित र निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत् सोलु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।
विद्युत् प्राधिकरणले सोलु करिडोरमा निर्माणाधीन ३२५ मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरेको छ । २०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जीसँग प्राधिकरणले १३२ केभी डबल सर्किट प्रसारण लाइनको ठेक्का सम्झौता गरेको थियो । मरुवाका स्थानीयले गाउँमा पर्ने १० वटा टावर राख्न दिएका थिएनन सोही टावर अहिले प्रहरी राखेर राख्न सुरु गरिएको हो ।