रेनु पराजुली
२७ असार , आईतबार , २०७८
कटारी / सोलु करिडोरको हाईटेन्सन लाईनको टावर राख्ने विषयमा उदयपुरको कटारी ४ मरुवाको समस्या समाधानका लागि सोमबार जिल्ला प्रशासन कार्यालय गाईघाटमा डेलिगेसनका लागि जाने तयारी गरिएको छ । शनिबार कटारीमा वसेको सर्वदलिय वैठकले समस्या समाधान पहल समिति गठन गरेको र संयोजकमा केपी बराल रहेका छन् भने २१ सदस्यिय समिति रहेको छ ।
समितिले नगरपालिकाले सिफारिस गरेको प्रतिकट्ठाको ५० लाख कायम हुनुपर्ने र पुन मुल्याकंन गरी क्षतिपुर्ति पाउनुपर्ने , निर्माण कार्य रोक्नु पर्ने , मरुवा माविमा राखिएको सुरक्षाकर्मी फिर्ता गर्नुपर्ने , वार्ताबाट समस्या समाधान गरिनुपर्ने माग राख्ने वैठकले निर्णय गरेको थियो । सोही निर्णय अनुसार कटारी नगरपालिकाका राजनीतिक दलका प्रतिनिधिहरु तथा मेयर ज्ञानेन्द्र श्रेष्ठ लगायतका टोलीहरु डेलिगेसनमा जाने तयारी थालिएको हो ।
हाईटेन्सन लाईन गाउँबाट अन्यत्र सार्नुपर्ने माग सरकारले नमानेपछी अहिले मरुवावासी मुअब्जा कम भएको भन्दै मुअब्जा बढाएर सोही स्थानबाट टावर राख्न सकिने अवस्थामा आईपुगेका छन् । सरकारले प्रतिकट्ठा २० लाख दिने हल्ला पैmलाएपनि मुअब्जा भने २० लाखको २० प्रतिशत मात्रै पाउनेभएपछी स्थानीयले मुअब्जा पुन मूल्याकंनको माग गरेका छन् ।
जिल्ला प्रशासनले भने मरुवामाविमा ३ सय वढीको संख्यामा सुरक्षाकर्मी परिचालन गरी टावर राख्ने काम अघि बढाईसकेको छ ।
विघटित प्रतिनिधि सभाका सदस्य शुरेस कुमार राई , कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठ , राजनीतिक दलका प्रतिनिधिहरु तथा स्थानीयले काम रोक्न आग्रह गरेपनि काम भने रोकिएको छैन् । मरुवामा १० वटा टावर निर्माणमा स्थानीयले रोकेपछी २ वर्षदेखि सोलु करिडोरको कामले पूर्णता पाउन सकेको छैन् ।


जनता भ्वाइस 







