images
images

सांसद शुरेस राईद्वारा विभिन्न योजनाहरुको अनुगमन

जन्ताभ्वाईस सम्बाददाता
२७ असार , आईतबार , २०७८

कटारी / उदयपुर निर्वाचन क्षेत्र नम्बर २बाट निर्वाचित विघटित संघिय सांसद सुरेस राईले कटारीका विभिन्न योजनाहरुको अनुगमन गर्नुभएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत उदयश्री बहुमुखी क्याम्पस कटारीमा निर्माण गरिएको घेराबेराको स्थलगत निरिक्षण र अनुगमन गर्नुभएको हो । एकमात्र क्याम्पसमा घेराबेरा नहुँदा पठनपाठनमा समेत समस्या भएकावेला वेराघेरा निर्माणले समस्या समाधान भएको क्याम्पस प्रमुख मुकेश थापाले बताउनुभयो ।
गत आर्थिक वर्षको २० लाख र चालु आर्थिक वर्षको १० लाखमा वेराघेरा निर्माण गरिएको हो । त्यसैगरी संस्कृति मन्त्रालयबाट विनियोजित कटारी ३ को किरात साकेला थानको ५ लाखको र किरात माङ्खिम निर्माणको १५ लाखको निर्माण कार्यको पनि सांसद राईले अनुगमन गर्नुभएको छ । कटारी ३ स्थित राई समुदायको साकेला थानमा साकेला थान र किरात माङ्खिम घर निर्मााण भईरहेको छ ।