जन्ताभ्वाईस सम्बाददात
२७ असार , आईतबार , २०७८
कटारी / उदयपुरको कटारी नगरपालिकाको वडा नम्बर ५ मा सोक्ला र भूल्के जोड्ने रातुखोला कल्भर्टको आज उदघाटन गरिएको छ । उदयपुर निर्वाचन क्षेत्र नम्बर २ का विघटित प्रतिनिधि सभाका सांसद शुरेस कुमार राईले कल्भर्टको उदघाटन गर्नुभएको हो ।
संघिय निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत ४६ लाख ६८ हजारको लागतमा कल्भर्ट बन्न लागेको हो । कल्भर्टको उदघाटनका लागि कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठ लगायतका सरोकारवालाहरको एक कार्यक्रमको आयोजना गरिएको थियो । कल्भर्ट निर्माणभएपछी रातुखोलाले आउजाउमा रोक्ने समस्या समाधान हुनेछ ।


जनता भ्वाइस 








