जन्ताभ्वाईस सम्बाददाता
२६ , असार , शनिबार , २०७८
कटारी/ उदयपुरको कटारी नगरपालिकामा संञ्चालित महिला सुरक्षा आवास गृहलाई प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयले विभिन्न सामाग्रीहरु सहयोग गरेको छ । हिंसा प्रभावित महिलाहरुका लागि ओरेक नेपाल उदयपुरको समन्वयमा तीनलाख बराबरको ल्याबटब , प्रिन्टर , डिग्निटी किट , आवासका सामाग्री , भाँडाकुँडा तथा वालवालिकाहरुका लागि खेलौना लगायतका सामग्री सहयोग गरेको हो ।
त्यसैगरी प्राथमिक उपचारका सामाग्री , फ्रिज र खाद्यान्नका सामान उपलब्ध गराएको ओरेक नेपालका जिल्ला संयोजक पम्फा पुरीले जानकारी दिनुभयो । संयोजक पुरीले नगरपालिकाका उपमेयर भिमकुमारी राउतलाई हस्तान्तरण गरेको सामाग्री हिजो एक कार्यक्रमका बीच आवासलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा वोल्दै उपमेयर राउतले सहयोगका लागि मन्त्रालयलाई धन्यवाद दिंदै नगरमा हिंसामा परेकाहरुका लागि महिला हिंसा निवारण कोषको स्थापना गरेको बताउनुभयो । त्यसैगरी महिला हिंसा न्युनिकरणका लागि कृयाशिल रहेको बताउँदै आवास गृह समेत नगरको सहयोगमा संञ्चालनमा रहेको बताउनुभयो । गृहमा जिल्लाका विभिन्न स्थानीय तहका साथै , सोलुखुम्बु , ओखलुंगा लगायतका जिल्लाका हिंसामा परेका महिला , किशोरी , वालिकाहरुलाई राख्ने गरिएको छ ।
त्यसगरी ओरेक नेपालकै सहयोगमा चेतनशिल महिला संस्था कटारी १ को आयोजनामा हिंसा पिडित अति विपन्न महिलाहरुलाई राहत समेत वितरण गरिएको छ । कटारी १ का २५ जना महिलाहरुलाई प्रति महिला २५ किलो चामल , दाल , तथा खाद्यान्नका सामाका साथै डिग्निटी किट वितरण गरिएको काभिड १९ दु्रत प्रतिकार्य समुह कटारीका इन्चार्ज तुलसि चौलागाइले बताउनु भयो ।


जनता भ्वाइस 







