images
images

कटारी नगरपालिकाको ताला खुल्यो

जन्ताभ्वाईस सम्बाददाता
२५ असार , शुक्रबार , २०७८

कटारी / राष्ट्रिय गौरबको सोलु कोरिडोर डबल सर्किट १३२ केभि प्रशारण लाईनको एलाईमेन्ट परिर्बतन गर्न माग गर्दै उदयपुरको कटारी नगरपालिकाको कार्यालयमा लगाएको ताला खुलेको छ । कटारी नगरपालिका– ४ मरुवाका स्थानीयबासीले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेपछि मेयर ज्ञानेन्द्र श्रेष्ठले आन्दोलनरत पक्षसँग मौखिल छलफल पछि ताला खुलेको हो ।आन्दोलनकारीको गुनासो सुन्न निर्वतमान सांसद सुरेश राई (हिमाल) र प्रदेश नं. १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कला घले र प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईसँग बार्ता गर्ने सर्तमा ताला खुलेको हो ।
निर्वतमान सांसद राई, मन्त्री घले र प्रजिअ सेढाईसँग आज बार्ता हुनेछ ।कटारी नगरपालिकामा सोलु कोरिडोर विद्युत प्रशारण लाइनको विवादले बिगत ३ वर्षदेखि रोकिएको काम आयोजनाले सुचारु गर्न थालेपछि स्थानीयबासीले हिजो दिउँसो ताला लगाएका थिए । प्रशासनले प्रहरी लगाएर टावर गाडन् थालेपछी उनीहरुले नगरमा ताला लगाएका थिए । दिउँसो लगाईएको ताला साँझ खुलेको हो ।