images
images

कटारी ८ का वालवालिकाको खाता मुक्तिनाथ वैंकमा खोलिने

जन्ताभ्वाईस सम्वाददाता
२३ असार , बुधबार , २०७८

कटारी / उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ मा २०७७ श्रावण १ देखि जन्मिएका वालवालिकाहरुको वैंक खाता खोलिने भएको छ । नगरपालिकाको सुत्केरी भेटघाट तथा वाल बचत कोष सम्वन्धि कार्यविधि २०७७ अनुसार मुक्तिनाथ विकास बैंक शाखा कार्यालय कटारी र कटारी नगरपालिका वडा नं. ८ वीच आज खाता खोल्ने सम्झौतामा गरिएको हो ।
सम्झौता अनुसार वडामा २०७७ श्रावण १ देखि जन्म भएका सम्पुर्ण वालवालिकाहरुको नाममा बैंकमा खाता संचालन हुनेछ । खातामा वडाले र अविभावकले केहि रकम जम्मा गर्ने छन् । सो रकम वालवालिकाहरु १६ वर्ष पुगेपछि उसको शिक्षा स्वास्थ्य लगायत अन्य वृत्तिविकासमा उनीहरुले सदुपयोग गर्न सक्ने वडाध्यक्ष कमल श्रेष्ठले बताउनुभयो ।
हाल यो परियोजनावाट करीव ५० जना वालवालिकाहरुको खाता खोलिनेछ । वालवालिका १६ वर्ष नपुगेसम्म खाताामा जम्मा भएको रकम अभिभावकले निकाल्न पाउनेछैनन् । साथै बैकले खाता खोलि वचत गरे वापत आकर्षक व्याज बालबालिकालाई प्रदान गर्ने छ । यो परियोजना आगामि वर्षमा पनि निरन्तर संचालन हुृने मुक्तिनाथ विकास बैंक शाखा कार्यालय कटारीका शाखा प्रमुख विपिन किशोर श्रेठले जानकारी दिनुभयो ।