ऋषि राई
२१ असार ,सोमबार , २०७८
कटारी / उदयपुरको कटारी नगरपालिका अन्र्तगत चुरे क्षेत्र आसपास अवैध बन्यजन्तु तथा पंक्षीहरुको चोरी शिकारी बढेको छ ।गाउँघरमा समेत कोरोनाको जोखिम बढ्दै गएको र निषेधाज्ञाले बजार क्षेत्र ठप्प प्राय भएपछी स्थानीय युवाहरु समेत वन क्षेत्रमा चोरी शिकारीमा जाने र रमाउन थालेका थिए । कटारी नगरपालिका अन्र्तगत वडा नम्बर १ देखि ६ नम्बर वडाको दक्षिण तर्पmको चुरे क्षेत्रमा चोरी शिकारी बढेको स्थानीयले बताएका छन् ।
उक्त वडाहरु अन्र्तगतका सामुदायिक बन तथा राष्ट्रिय वन क्षेत्रमा वन्यजन्तु तथा पंक्षीहरुको चोरी शिकारी वढ्दै गएको हो । यस वन क्षेत्रमा शिकारीहरुले मृग , बँदेल , खरायो , कालिज , जस्ता बन्यजन्तु र पंक्षीहरुको धेरै शिकार गर्ने गरेको पनि स्थानीय बताउँछन् । यस घना चुरेसँग जोडिएको बन क्षेत्रमा निलगाई , हरिण , जरायो , बाघभालु पनि रहेको र उनीहरुपनि शिकारीका बन्दुकको निशाना वन्न सक्ने स्थानीयको भनाई छ । बन क्षेत्रमा बन्दुक पड्किने तथा शिकारी बढेपछी निलगाई , बनघोडाहरु समेत देखा पर्न थालेको कटारी , ३ च्याँगाका स्थानीयहरु बताउँछन् । अवैध चोरी शिकारीहरुको पहिलो निशाना मृग र वँदेल हुने गरेको छ ।
चुरे क्षेत्रको दक्षिणी जिल्ला सिरहाको गोलबजार नगरपालिका आसपासबाट साथै सप्तरीबाट समेत चुरे क्षेत्रमा चोरी शिकारीहरु आउने गरेको बताईन्छ । जंगलमा ५ थानबढी भरुवा बन्दुक सहित चोरी शिकारी गर्नेहरुको टोली घुम्ने गरेको घाँसे गोठालेहरु बताउँछन् ।सामुदायिक बन उपभोक्ता समूहरुको निष्कृयता साथै बन कर्मचारीहरु बन क्षेत्रमा नजाने गरेकाले शिकारीहरुलाई झनै सहज हुने गरेको स्थानीय बताउँछन् ।
बन क्षेत्रमा दैनिक जसो बन्दुक पड्किएको आवाज आउने गरेको कटारी वडा नम्बर १ खसिबासका स्थानीय तथा वडासदस्य काँशीनाथ पोखरेलले बताए । खसिवास गाउँ चुरे वन क्षेत्र भित्र पर्दछ , उक्त क्षेत्रबाट उत्तरको जंगलमा दैनिक जसो वन्दुक पड्एिको आवाज सुनिने गरेको पोखरेलले बताए । ‘शिकारीले यहि मारे त भन्न सक्दिन तर बनमा बन्दुक चाहिं पड्किरहन्छ ।’उनले भने –‘बनमा शिकारीहरु आउँछन भन्ने चाहिं सुनेको छु ।’
डिभिजन बन कार्यालय त्रिवेणी कटारीका प्रमुख फडिन्द्र पोखरेलले भने आजसम्म कार्यालयमा सुचना नआएको बताउँदै गोप्य सुचना दिन आग्रह गर्दै कार्यालयबाट बनकर्मचारीहरुको निगरानी बढाउने बताए । यसरी चोरी शिकारी गर्नेहरुलाई कार्वाही हुने बताउँदै चुरे क्षेत्रमा निगरानि बढाउने उनको भनाई छ । ‘चुरेमा काठ तस्करीको आशंकामा कर्मचारी पठाउने गरेका छौं , अव चोरी शिकारीका लागि पनि निगरानि बढाउँछौं ’पोखरेलले भने ।