
धर्म खनाल
५ असार , शनिबार , २०७८
कटारी / सेचेन करुणाले कटारी नगरपालिकाको १० नम्बर वडामा विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ । शुक्रबार करुणाका परियोजना अधिकृत बलमान छन्त्यालले वडा सदस्य दिलबहादुर थापालाई आईशोलेसन वेड १० थान , र आईशोलेसनका साथै क्वारेन्टिन व्यवस्थापनका सामाग्रीहरु हस्तान्तरण गरेको हो । वडामा कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गर्दै करुणाले वडालाई स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
आईशोलेसन तथा क्वारेन्टाईनका लागि आवश्यक वेड , सरसफाई , तथा खाद्यान्नका सामाग्री सेचेनले वडालाई सहयोगग गरेको हो । यस अघि पनि कोरोना संक्रमणपछी वडालाई विभिन्न स्वास्थ्य सामाग्री वितरण गर्दै आएको करुणाले प्रदान गरिएको सामाग्री हाललाई नेपाल रेडक्रसको भवनमा राखिएको छ । आगामी दिनमा स्वास्थ्य चौकीमा व्यवस्थापन गरीने गरी हाललाई भवनमा राखिएको हो ।
यस अघि पनि सेचेनले वडाका २ सय उज्यालोबाट वञ्चित घरपरिवारलाई सोलार वितरण गरेको उज्यालो घर प्रालिका प्रवन्ध निर्देशक समेत रहनुभएका छन्त्यालले बताउनुभयो । सेचेनले वडा नम्बर १० वडासँगको समन्वयमा विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ ।