images
images

कटारीका गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषिलो खाना तथा स्वास्थ्य सामाग्री वितरण

जन्ताभ्वाईस सम्बाददाता
४ असार , शुक्रबार , २०७८

कटारी / उदयपुरको कटारी नगरपालिकाले नगरका गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषिलो खाना तथा स्वास्थ्य सामाग्री वितरण शुक्रबारदेखि सुरु गरेको छ । नगरपालिकाद्वारा बहुक्षेत्रिय पोषण कार्यक्रम अन्र्तगत सुनौलो हजार दिनका आमा तथा कोभिड संक्रमित महिलाहरुलाई पोषिलो खाना तथा स्वास्थ्य सामाग्री सहितको झोला वितरण सुरु गरेको हो ।
नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुख उपमेयर भिमकुमारी राउतले शुक्रबार विहान संयुक्त रुपमा नगरपालिका परिसरमा झोला विरतण गर्दै कार्यक्रमको सुरुवात गरे । कार्यक्रम अन्र्तगत नगरका १४ वटै वडाका टोलटोलमा पुराएर सामाग्री वितरण गरिने उपमेयर भिमकुमारी राउतले जानकारी दिनुभयो । पोषण झोलामा नगरको महिला तथा बालवालिका शाखाको तर्पmबाट १ थान झोला सहित हुलास वासमती चामल , ५ किलोको १ प्याकेट , आयोनुन १ प्याकेट ,तोरी तेल आधा लिटरको १ बोतल , काजु १ सय ग्राम , घ्यु आधाकेजीको १ डब्बा , ज्वानो २ सय ग्रामको १ प्याकेट रहेको छ ।
त्यसैगरी सोही पोषण झोलासँगै नगरको शिक्षा शाखाबाट नेलकटर १ थान ,तौलिया १ थान , काईयो १ थान रहेको छ भने कृषी शाखाबाट राजमा १ किलो , चना १ किलो , पशु शाखाबाट अण्डा १ क्यारेट र खानेपानी तथा सरसफाई शाखाबाट हातधुने साबुन ५ थान झोलामा राखिएको छ ।सामाग्री पाएपछी गर्भवती तथा सुत्केरी महिलाहरु खुसी भएका छन् । गर्भवती महिला तथा सुत्केरी महिला सहित आमा र वच्चा दुवैको स्वास्थ्यलाई ध्यानमा राखेर सामाग्री वितरण सुरु गरिएको नगरपालिकाका उपमेयर राउतले बताउनुभयो ।