
जन्ताभ्वाईस सम्बाददाता
२९ ,जेठ , शनिबार
कटारी / उदयपुरको कटारी नगरपालिकाले वडा नम्बर –५ , बर्मजियाका बुबाको मृत्युपछि आपैm शवयात्रा गरी दाहसंस्कार गर्ने दिदीबहिनीको परिवारलाई आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था समेत कमजोर भएका स्थानीय ६० वर्षीय बलबहादुर मगरको मृत्युपछि गएको २४ जेठमा १७ र २० वर्षीया २ छोरीले नै दाहसंस्कार गरेका थिए ।
परिवारलाई नगरपालिकाको तर्फबाट नगद २५ हजार सहयोग गरिएको नगरपालिकाले जनाएको छ ।
उक्त सहयोग रकम लिएर नगरपालिकाका उपमेयर भिमकुमारी राउत आफै मगरको घर पुग्नुभएको थियो । दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने बलबहादुरको परिवार दुई छोरी र श्रीमतीसहित स्थानीय शिवहरि दाहालको जग्गामा सानो झुप्रो हालेर बसोबास गर्दै आएका थिए । परिवारका ४ जना नै कटारी बजार र आसपासको क्षेत्रमा दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका छन् ।
बिरामी भएर घरमै थलिएर बलबहादुरको मृत्युभएको थियो । आफ्नै दाजुभाइ र अहिले आफ्नो आफन्त नभएकाले बुबाको दाहसंस्कार र काजकिरिया आफैंले गर्ने निर्णय गरेको कुमारी र भगवतीले बताए । बलबहादुरको मृत्युपश्चात कुमारी, भगवती र उनीहरूकी आमा किरियामा बसेका थिए ।छोरा नभएपनि छोरीले शव बोकेर दाहसंस्कार गरेपछी दिदीबहिनीको सामाजिक संञ्जाल र संञ्चारमाध्यमहरुमा समेत चर्चा भईरहेको छ ।