जन्ताभ्वाईस सम्बाददाता
२६ जेठ , बुधबार
कटारी / उदयपुरको कटारी –५ , स्थित तीनतले युनाईटेड महिला समूहले आप्mनो गाउवस्तीलाई कोरोनाबाट जोगाउन जनचेतना मुलक कार्यक्रम गर्नुका साथै स्वास्थ्य सामाग्री समेत वितरण गरेको छ । सोमबार र मंगलबार दुईदिन लगाएर समूहले गाउँघरको घरघरमै पुगेर कोरोनाबाट कसरी वच्ने र समुदायलाई कसरी बचाउने जनचेतना पैmलाएको थियो ।
त्यसैगरी मास्क , साबुन लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको समूहले जनाएको छ । विश्वव्यापी महामारीबाट वच्न आपैm सचेत हुनुपर्ने भएकाले गाउँघरमा समेत सचेत हुन आवश्यक रहेको भन्दै समूहले कार्यक्रम गरेको हो ।


जनता भ्वाइस 







