images
images

कटारीमा छोरी वलात्कार गरी बाबु फरार

जन्ताभ्वाईस सम्बाददाता
२० जेठ ,बिहिबार

कटारी / कटारी नगरपालिका वडा नम्बर १ मा १५ बर्षिया छोरी बलात्कार पछि वुवा फरार भएका छन् । गत मंगलबार घरमा कोही नभएको मौकाछोपी ३५ बर्षिय वुवाले छोरीलाई बलात्कार गरेको भन्दै बिहीबार पिडितले कटारी महिला संञ्जालको सहयोगमा इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिए लगत्तै उनी फरार भएका हुन् ।उनको खोजी कार्य जारी राखिएको डिएसपी हेमन्त भण्डारीले जानकारी दिनुभयो ।
उनको भागेर जाने सम्भावित ठाउँहरु पहिचान गरी खोजीकार्य भैरहेको डिएसपीले भण्डारीले बताउनुभयो । घरमा कोही नभएको मौकापारी धम्की दिई बलात्कार गरेको पीडित छोरीले बताएकी छिन् । बलात्कार पछि पनि आमा र आफन्तलाई जानकारी गरे ज्यान मार्ने धम्कि दिएको पीडितले बताएकी छिन् । बालिकाको बिहीबार कटारी अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ । आरोपित विरुद्ध हाडनाताकरणी अन्र्तगत मुद्दा चलाईने प्रहरीले जनाएको छ ।