images
images

कटारीमा लक्षण सहितको ज्वरो आउँदा पनि परीक्षण गर्न डराउँदा समस्या , फिवर क्लिनिकमा आएका ५ जनामा संक्रमण

जन्ताभ्वाईस सम्बाददाता
१९ जेठ , बुधबार , २०७८

कटारी/ बुधबार कटारी अस्पत्तालको फिवर क्लिनिकमा ज्वरो जचाउन आएका ११ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पत्तालले संञ्चालर गरिरहेको फिवर क्लिनिकमा आएकाहरुलाई एन्टिजेन परीक्षण गर्दा वडा नम्बर ८ को २ जना ६ को १ जना ५ को १ जना ४ को १ जनामा संक्रमण पुष्टि भएको कटारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शुरेस दाहालले बताउनुभयो ।
उनीहरुलाई होम आईशोसलेनमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर वस्न लगाईएको र आवश्यक परे स्वास्थ्यकर्मी र शाखामा जानकारी गराउन आग्रह गरिएको पनि नगरपालिकाले जनाएको छ । त्यसैगरी स्वास्थ्य शाखाका प्रमुख दाहालले गाउँगाउँमा ज्वरो आएमा शंकास्पद विरामी भएमा शाखामा जानकारी गराउन वडा कार्यालय तथा सम्पूर्ण नगरका सरोकारवालाहरुलाई आग्रह गरेको बताउनुभयो ।
जानकारी आउनासाथ नगरको स्वास्थ्य टोली टोलमै पुगेर परीक्षण गर्ने र उपचारका लागि प्रकृया अघि बढाउने समेत प्रमुख दाहालले बताउनुभयो । हाल गाउँगाउँमा लक्षण मिल्दो जुल्दो विरामी देखिएपनि उनीहरु परीक्षण गर्न डराउने समस्या भएकाले रोग नलुकाउन र परीक्षण गरेर आफु सतर्क रहन र अरुलाई पनि वचाउन सहयोग गर्न पनि नगरपालिकाको स्वास्थ्य शाखाले आग्रह गरेको छ ।
परीक्षण गराउन नमान्ने र समयवितेपछी कटारी अस्पत्तालमा राति राति विरामी जचाउन आउने र समय वितेपछी एन्टिजेनले नेगेटिभ देखाउने भएकाले पनि समुदायस्तरमा संक्रमण पैmलिंदै जाने खतरा वढेको पनि प्रमुख दाहालले बताउनुभयो । कटारी अस्पत्तालले ज्वरो आएका विरामीहरुका लागि फिवर क्लिनिक संञ्चालन गर्दै आएको छ । दोस्रो चरणको कोरोनाको नयाँ भेरियन्टमा कटारीमा पिसिआर र एन्टिजेन परीक्षणमा पोजेटिभ आएका१सय ५० संक्रमितमा हाल सकृय संक्रमित १ सय ७ जना रहेका छन् । जसमा २ जना कटारी ३ को ताराघारी आईशोलेसनमा छन् भने अन्य सवै होम आईशोलेसनमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको पनि नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।