images
images

कटारीमा खोप र गाउँघर क्लिनिक जेठका लागि बन्द

जन्ताभ्वाईस सम्बाददाता
जेठ ११ , २०७८

कटारी/ कटारी नगरपालिकाले जेठ महिनाका लागि नियमित खोप र गाउँघर क्लिनिक बन्द गरेको जनाएको छ। स्वास्थ्य शाखा कटारीले एक सुचना जारी गर्दै नगरका विभिन्न वडाहरुमा कोरोना संक्रमणको दर वढ्दै गएको भन्दै खोप र क्लिनिक जेठ महिनाका लागि बन्द गरेको जनाएको हो । शाखा प्रमुख शुरेस दाहाल हस्ताक्षरित सुचना जारी गर्दै नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थाहरुबाट नियमित रुपमा खोप लगाईदै आएका २ वर्ष मुनिका वालिवालिकाहरुको खोप कार्यक्रम र गाउँघर क्लिनिक बन्द गरिएको छ ।