images
images

कटारीमा २६ जनामा कोरोना संक्रमण पुष्टि

जन्ताभ्वाईस सम्बाददाता
११ जेठ , २०७८
कटारी /कटारी नगरपालिकामा जेष्ठ १० र ११ गते ५६ जनाको एन्टीजन परिक्षण गरिएकोमा जम्मा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ जना पुरुष र ११जना महिलालाई संक्रमण पुस्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमण पुष्टि हुनेमा वडा नं २ ,गुराँसको २ जना र खोक्साको १० जना ,वडा नं ३ का १ जना ,वडा नं ६ का १ जना र वडा नं १४ घुर्मी बजारका १२ जना रहेका छन् ।
हाल कटारीमा सक्रिय संक्रमित संख्या जम्मा ९५ जना पुगेको छ भने निको भएकाको संख्या १५ जना रहेको छ । संक्रमितहरुमा ताराघारी आइसोलेसनमा ७ जना , कटारी अस्पताल आइसोलेसनमा १ जना ( अक्सिजन सहित उपचाररत ) , कटारी अस्पताल आइसोलेसनबाट डिस्चार्जपछि होम आइसोलेसनमा गएका ७ जना रहेका छन् । अन्य संक्रमितहरु सबै होम आइसोलेसनमा रहेका र हालसम्म स्वास्थ्य सामान्य भएको पनि स्वास्थ्य शाखाले जनाएको छ ।