images
images

कटारी घटनाप्रति जसपा उदयपुरको गम्भिर ध्यानाकर्षण

जन्ताभ्वाईस सम्बाददाता
८ जेठ , शनिबार
कटारी/ जनता समाजवादी पार्टी उदयपुरले गएको जेठ ५ गते कटारी नगरपालिकाले कटारी ४ जहडीमा स्थानीयको घरमा डोजर चलाएको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आज पार्टीका जिल्ला अध्यक्ष केशव बहादुर मगर हस्ताक्षरित विज्ञप्ति जारी गर्दै महामारीका वेला लकडाउन गरेको अवस्थामा मानविय संवेदना समेत ख्याल नगरेको उल्लेख गरेको छ ।
सन्तबहादुर सुनुवार र मानवहादुर दनुवारको घरमा डोजर चलाई विरोधमा उत्रिएका दर्जनौ व्यक्तिहरुलाई मुद्दा लगाउनुका साथै गणेश थापा , सरोज सुनुवार ,चन्द्रबहादुर खत्री र सिमन तामाङ्गलाई पक्राउ गरि प्रहरी प्रशासनको मिलेमतोमा नगर क्षेत्रमा आतंक पैmलाउने गरेको घटना प्रति पनि पार्टीले गम्भिर ध्यानाकर्षण गरेको छ ।
स्थानीय जनतालाई उठिबास लगाउने समुदायमा आतंकित पार्ने नगरपालिकाको कार्यको घोर भत्र्सना समेत पार्टीले गरेको छ ।घटनालाई थप उत्तेजित हुनबाट रोक्न , पक्राउ परेकालाई विनासर्त रिहा गर्न ,सर्वपक्षिय छलफलबाट निकास निकाल्न आग्रह गर्दै अन्यथा यसवाट आउने परिस्थितिको जिम्मेवार स्थानीय सरकार हुनुपर्ने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।