images
images

कटारीमा वैशाख ३१ सम्म निषेधाज्ञा थप

जन्ताभ्वाईस सम्बाददाता
३० वैशाख , बिहिबार , २०७८

कटारी / २२ वैशाखदेखि २९ वैशाखसम्म एकसाता निषेधाज्ञा जारी गरेको कटारी नगरपालिकाले थप २ दिन निषेधाज्ञा गर्दै वैशाख ३१ सम्म निषेधाज्ञा गरेको छ । विश्वव्यापारी कोरोनाको संक्रमण कटारी नगरपालिकामा पनि पैmलिने जोखिम बढिरहेको भन्दै नगरले २ दिन निषेधात्रा थप गरेको हो ।
हिजो नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठ हस्ताक्षरित एक सुचना जारी गर्दै नगरले एकसाताको निषेधाज्ञा सफल पार्ने सवै नगरवासीहरुलाई धन्यवाद दिंदै आज र भोलिका लागि थपिएको निषेधाज्ञामा पनि अत्यवश्यकका बाहेक सम्पूर्ण व्यवसाय , पसल , यातायातका साधनहरु बन्द गर्न आग्रह गरेको छ ।
यस अवधिमा अनावश्यक हिंडडुल नगर्न , न्युनतम स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गर्न पनि नगरले आव्हान गरेको छ । नगरको निषेधाज्ञालाई सफल बनाउनका लागि आज पनि विहानै देखि कटारी बजार क्षेत्रमा ईलाका प्रहरी कार्यालय कटारी , शसस्त्र वेस क्याम्प कटारीका सुरक्षाकर्मीहरु तथा नगर प्रहरीहरुले निगरानि बढाएका छन् ।