images
images

तीन महिनाको तलब भत्ता कोरोना कोषमा जम्मा गर्ने कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठको घोषणा

जन्ताभ्वाईस सम्बाददाता
२६ वैशाख , आईतबार
कटारी / उदयपुरको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले तीन महिनाको तलब र भत्ता कोरोना कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ । आफूले नगरपालिकाबाट पाउने बैठक भत्ता, भ्रमण भत्ता लगायतका भत्ता वापत आउने तीन महिनाको रकम पनि कोरोना कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको हो ।
महामारीको समयमा नगरवासीहरुको जीउधनको रक्षा गर्नु पहिलो दायित्व भएको भन्दै आफूले पनि तीन महिना बराबरको तलब , भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘ मैले लिने सेवा सुविधा नगरको कोरोना कोषमा राख्नेछु ’कोषबाट महामारीमा जुध्न खर्च गरिने बताउँदै मेयरले केहि सहयोग पुगोस भनेर यो घोषणा गरेको बताउनुभयो ।
संकटमा जुट्ने नेपालीहरुको विशेषता भएको भन्दै मेयर श्रेष्ठले आफू नेतृत्वको कटारी नगरपालिकाले पनि संक्रमण नियन्त्रण तथा रोकथामका लागि अनेकन प्रयासहरु जारी राखेकोले यसमा सबै नगरवासीले सहयोग गर्न अपील गर्नुभयो । ‘हामी पनि हात बाँधेर बसेका छैनौं, हाम्रा तर्फबाट सके जति प्रयास कोरोना नियन्त्रण र रोकथाममा नै जारी राखेका छौं, नागरिकले पनि आफ्नो तर्फबाट सकेको प्रयास गरे कोरोनालाई सजिलै जित्न सकिन्छ । ’उहाँले सरकारले लागू गरेको निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्न र घरमै बसेर रोगसँग लड्न नगरवासीलाई आव्हान गर्नुभएको छ ।
नगरले गएको बुधबारदेखि नै एकसाताका लागि निषेधाज्ञा गरेको छ ।कटारी ३ ताराघारीमा आईशोलेसन तयार गरिसकेको छ । नगरका उपमेयर भीमकुमारी राउतको नेतृत्व सरसफाई गरिएको थियो । त्यहाँ २५ वेडको आईशोलेसन तयार पारिएको उपमेयर राउतले बताउनुभयो । आईशोलेसनका लागि जनशक्तिको तयारीको पनि काम थालिएको उपमेयर राउतले बताउनुभयो ।त्यसैगरी कटारी अस्पत्तालमा अक्सिजन सहितको ६ वेडको आईशोलेसन व्यवस्थापन गरिएको छ ।