images
images

कटारी नगरपालिकाद्वारा एकसाता नगर बन्द गर्ने निर्णय

जन्ताभ्वाईस सम्बाददाता
२२ वैशाख ,बुधबार , २०७८
कटारी /नगरमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछी उदयपुरको कटारी नगरपालिकाले बुधबार राति १० बजेदेखि लागुहुने गरी ७ दिनका लागि नगरमा अत्यावश्यक बाहेकका सवै कार्य गर्न प्रतिवन्ध गर्ने निर्णय गरेको छ । मंगलबार नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठको नेतृत्वमा वसेको वैठकले ७ दिन २९वैशाख राति १२ बजेसम्म लागुहुने गरी जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्र कटारी बजार लगायतका नगरका क्षेत्रमा अत्यावश्यक बाहेकका सम्पूर्ण पसलहरु , व्यवसाय , यातायातका सम्पूर्ण सवारीसाधनहरु र मानिसहरुमा आउजाउमा समेत कडाई गर्ने निर्णय गरेको हो ।
त्यसैगरी कोरोना संक्रमण देखिएको क्षेत्रमा संक्रमितसँग सम्पर्कमा रहेकाहरुको एन्टिजेन परीक्षण गर्ने , एन्टिजेनमा पोजिटिभ देखिए होमआईशोलेसनमा वस्न आग्रह गरी स्वाब संकलन गर्ने पनि निर्णय भएको छ । कटारी नगरपालिकामा हाल ७ जना कोरोनाका सकृय संक्रमित रहेका छन् । कटारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शुरेस दाहालका अनुसार यस अघि पुष्टि भएका कटारी नगरपालिका वडा नम्बर ५ का ३ जना र पछिल्लो पटक पुष्टि भएका ४ जना गरी ७ जना सकृय संक्रमित रहेका छन् ।
मंगलबार कटारी वडा नम्बर ३ का २ जना र वडा नम्बर २ जनामा संक्रमण पुष्टि भएको थियो । पुष्टि हुनेमा १ महिला र ३ जना पुरुष रहेका छन् । शाखाका अनुसार हाल उनीहरुको अवस्था सामान्य र होमआईशोलेसनमा रहेका छन् ।