जन्ताभ्वाईस सम्बाददाता
२१ वैशाख ,मंगलबार , २०७८
कटारी / पछिल्लो पटक पुष्टि भएका समेत गरी उदयपुरको कटारी नगरपालिकामा हाल ७ जना कोरोनाका सकृय संक्रमित रहेका छन् । कटारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शुरेस दाहालका अनुसार यस अघि पुष्टि भएका कटारी ५ का ३ जना र पछिल्लो पटक पुष्टि भएका ४ जना गरी ७ जना सकृय संक्रमित रहेका छन् ।
पछिल्लो पटक कटारी वडा नम्बर ३ का २ जना र वडा नम्बर २ का २ जना संक्रमित फेला परेको पनि नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । शाखाका अनुसार ४ जनामा ३ जना पुरुष र १ जना महिला रहेका छन् । उनीहरुको अवस्था अहिले सामान्य रहेको छ । होमआईशोलेसनमा रहेका उनीहरुको सम्पर्कमा रहेकाहरुको समेत स्वाब संकलन गरिएको छ ।
जसमध्ये कटारी ३ का एकजना भने सिरहा स्थित एक अस्पत्तालमा आईशोलसनमा भर्ना भएका छन् । उनको पनि अवस्था सामान्य नै रहेको शाखाले जनाएको छ । संक्रमण बढ्दै गएपछी कटारी नगरपालिकामा पनि सर्तकता अपनाईएको छ । बजार पसल दिउँसोमात्र खुल्ला गरिएको छ ।
नगरपालिकाका अन्र्तगतका सेवाहरु समेत अत्यावश्यकका वाहेक वन्द गरिएको छ । सवैलाई सर्तकता अपनाउन नगरले आग्रह गरिरहेको छ । सवारीसाधनहरु बन्द गरिएका छन् भने मोटरसाईकलमा समेत एकजना मात्र आउजाउ गर्न पाईने भएको छ ।
यसैगरी उदयपुर जिल्लामा एकै दिन ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज १३ महिला र २३ पुरुष गरी ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । त्रियुगा नगरपालिकामा ९ जना महिलासहित २४ जना, चौदण्डीगढी नगरपालिकामा १ महिला सहित ५जना, कटारी नगरपालिकामा १ महिला सहित ३ जना, उदयपुरगढी गाउँपालिकामा १ महिला सहित ३ जनामा कोरोना पुष्टी भएको हो । उनीहरु संक्रमितसँगको कन्ट्राक्ट ट्रेसिङ र लक्षण भएकाहरु मध्येबाट परीक्षण गरिएको मध्ये कोरोना संक्रमित भएको हो ।