images
images

कोरोनाका कारण कटारीका विद्यालयमा प्रत्यक्ष पठनपाठन बन्द

जन्ताभ्वाईस सम्बाददाता
१५ वैशाख , बुधबार , २०७८

कटारी / कोरोना संक्रमणको जोखिम वढ्दै गएपछी कटारी नगरपालिकाका सवै विद्यालयहरुमा आजदेखि प्रत्यक्ष रुपमा उपस्थित भएर हुने पठन पाठन बन्द गरिएको छ । नगरपालिकाले एक सुचना जारी गर्दै आजदेखि मन्त्री परिषदको निर्णय ,सिसिएमसीको विज्ञप्ति , र शिक्षा विकास तथा समन्वय ईकाई उदयपुरको अनुरोध अनुसार विद्यालय बन्द गरिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमर प्रसाद भट्ट हस्ताक्षरित सुचना जारी गर्दै नगरले संक्रमणले जनजीवन प्रभावित पार्न सक्ने कुरालाई मध्यनजर गरी विद्यालय वन्द गरिएको जानकारी गराएको हो ।वैकल्पिक शिक्षण सिकाई सुरु गर्न जानकारी गराउँदै नगरपालिकाले प्रत्यक्ष पठन पाठन भने बन्द गरेको जनाएको छ ।