जन्ताभ्वाईस सम्बाददाता
वैशाख , १४ , मंगलबार २०७८
कटारी / उदयपुरको कटारी नगरपालिकाले नगरमा कोभिड –१९ , कोरोना संक्रमण बढ्ने जोखिम रहेको भन्दै नगरवासीहरुलाई जनस्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ । नगरपालिकाले एक सुचना जारी गर्दै छिमेकी देश भारत तथा देशका ठुला सहरहरुमा कोरोनाको कारण भयावह पैmलिएको हुँदा सतर्कता अपनाउन आग्रह गरेको हो ।
नगरपालिकाले अनिवार्य मास्कको प्रयोग , सावुन पानीले पटक पटक हात धुन , स्यानिटाईजरको प्रयोग गर्न ,आवश्यक काम नपरी घरवाहिर ननिष्कन पनि नगरवासीहरुलाई आग्रह गरेको छ ।त्यसैगरी सार्वजनिक स्थलमा अनावश्यक भिडभाड नगर्न ,धार्मिक कार्यमा २५ जना भन्दा बढी भेला नहुन ,अन्यत्रबाट आएकालाई अनिवार्य १० दिन होम क्वारेन्टाईनमा वस्नका साथै , लक्षण देखा परेमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि नगरपालिकाले आग्रह गरेको छ ।
नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले छुट्टै रणनीति बनाएर अघि बढ्ने बताउनुभयो । आगामी दिनमा संक्रमणबाट बच्न सवै नगरवासीलाई आग्रह गर्दै अनिवार्य मास्क लगाउन तथा तथा सतर्कता अपनाउन आग्रह गर्दै मेयर श्रेष्ठले गत वर्ष नगरपालिकाले वडा नम्बर ३ मा स्थापना गरेको आईशोलसन , लगायतका सवै क्वारेन्टाईन तथा आईशोलेसनहरुलाई तयारी अवस्थामा राख्ने समेत बताउनुभयो ।
वाणिज्य संघको साधारण सभा तथा निर्वाचन स्थगित
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछी उदयपुर उद्योग वाणिज्य संघ , कटारी उदयपुरले आप्mनो साधारण तथा निर्वाचनको निर्धारित कार्यक्रमहरु स्थगित गरेको छ । आगामी वैशाख १८ गते तय गरेको साधारण सभा र नयाँ नेतृत्वका लागि आगामी जेठ १ गतेका लागि तय गरेको निर्वाचनका कार्यक्रम संघले स्थगित गरेको हो ।
संघका अध्यक्ष पुष्कर खड्काका अनुसार अर्को निर्णय बमोजिमको सुचना नआएसम्म हाललाई कोरोना कारण सभा तथा निर्वाचनका कार्यक्रम स्थगित गरिएको हो । साथै जिल्लाकै दोस्रो व्यापारिक केन्द्र कटारी बजार तथा आसपासका सवै व्यापारी व्यवसायीहरुलाई व्यवसाय संञ्चालन गर्दा सरकारले तोकेको सवै मापदण्ड पुरा गर्न पनि संघले आग्रह गरेको छ ।
अनिवार्य मास्क लगाउन प्रहरीको आग्रह
ईलाका प्रहरी कार्यालय कटारीले पनि तपाईको मास्क खोई भन्दै्र सतर्कता अपनाउन आग्रह गरेको छ ।प्रहरीले कटारीमा कोरोना भाईरसबाट आफु पनि बाँच्न र अरुलाई पनि बचाउन अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । मास्कको अनिवार्य प्रयोग , सामाजिक दुरी कायम गर्न तथा सावुन पानीले नियमित हात धुन पनि प्रहरी कार्यालय कटारीले आग्रह गरिरहेको छ ।


जनता भ्वाइस 







