images
images

मेयर ज्ञानेन्द्र श्रेष्ठद्वारा एकैदिन दुई विद्यालय भवनको शिलान्यास

जन्ताभ्वाईस सम्बाददाता
११ वैशाख , शनिबार , २०७८

कटारी /कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले शुक्रबार एकैदिन नगरका दुई विद्यालयको भवनको शिलान्यास गर्नुभएको छ । मेयर श्रेष्ठले पशुपती आधारभुत विद्यालय मझुवा र दिपेन्द्र मावि जोगिडाँडाको चार चार कोठे भवनको शिलान्यास गर्नुभएको हो ।
नगरबाट प्राप्त दुवै भवन छत्तीस छत्तीस लाखमा निर्माण सम्पन्न हुने मेयर श्रेष्ठले बताउनुभयो । नगरको शैक्षिक गुणस्तरमा भौतिक संरचना निर्माणलाई पनि जोड दिंदै भवन निर्माणका लागि शिलान्यास गरिएको मेयर श्रेष्ठको भनाई छ ।
दुवै विद्यालयमा एक कार्यक्रमको आयोजना गरी भवनको शिलान्यास गरिएको हो । शैक्षिक अवस्थामा नगरमा सुधारका लागि नगरले पहल गरिरहेको पनि मेयर श्रेष्ठले बताउनुभयो ।