images
images

मेयरको नेतृत्वमा गएको टोली र मन्त्री नेम्वाङवीच सिद्धिचरण राजमार्ग स्तरउन्नतीको काम अघि बढाउने सहमति

जन्ताभ्वाईस सम्बाददाता
९ वैशाख , बिहिबार , २०७८
कटारी / जीर्ण सिद्धिचरण राजमार्ग अन्र्तगत सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी–घुर्मी सडकखण्ड स्तरउन्नती हुने भएको छ । कटारी नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठ सहित सडकखण्ड स्तरउन्नती संघर्ष समितिका संयोजक दिपक बुढाथोकीको नेतृत्वमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्गवीच बिहिबार भएको द्विपक्षिय वार्ताबाट सडकखण्ड स्तरउन्नती गर्ने सहमति भएको हो ।
मन्त्री नेम्वाङ्ले आगामी आर्थिक वर्ष २०७८/७९ मा ९५ करोड माथिको बजेट छुट्याउने ,डिपिआर अनुसारको बहुवर्षिय ठेक्का लगाएर काम थाल्ने ,यस सडकखण्डका लागि छुट्टै सडक डिभिजन कार्यालय कटारीमा स्थापना गर्ने प्रतिवद्धता जनाएको मेयर श्रेष्ठले बताउनुभयो ।सहमतिसँगै यस जीर्ण राजमार्गको निर्माणका लागि वर्षौदेखिको पहलको अन्तिम लडाईमा सफलता मिल्दै गएको पनि मेयर श्रेष्ठले बताउनुभयो । ‘वर्षौंदेखिको यो सडक बनाउने लडाईमा विजय हासिल गर्दै छौं ’मेयर श्रेष्ठले भने –‘अब सिद्धिचरण राजमार्ग बन्छ ।’
सडक जीर्ण भएपछी संघर्ष समितिले गएको सोमबारदेखि सडकखण्ड अनिष्चितकालका लागि बन्द गरेको थियो । बुधबार मेयर श्रेष्ठ सहितको टोलीले समितिसँग वार्ता गरी मन्त्रालय डेलिगेसन जाने सहमतिपछी सडकखण्ड बुधबारसाँझ देखि नै खुलिसकेको छ ।समितिका संयोजक बुढाथोकीले वार्ताले निकास निकाल्ने सहमति भएको बताए ।
मन्त्रालयमा मेयर श्रेष्ठको नेतृत्वसहित नेकपा एमले संसदिय दलका सचेतक विशाल भट्टराई ,संविधान सभा सदस्य भेषकुमारी राउत , पूर्व साँसद रामहरी खतिवडा लगायतका संघर्ष समितिको टोली डेलिगेसनका लागि पुगेका थिए ।