images
images

समावेशी एफ एमद्वारा प्रहरी निरिक्षक प्रमोद कार्कीलाई सम्मान साथै विदाई

जन्ताभ्वाईस सम्वाददाता
८ वैशाख ,बुधबार
कटारी /उदयपुरको कटारी स्थित समावेशी एफ एम ९२दशमलव ३ मेगाहर्जले प्रहरी निरिक्ष प्रमोद कार्कीलाई सम्मानका साथ विदाई गरेको छ । हिजो ईलाका प्रहरी कार्यालय कटारीबाट ईलाका प्रहरी कार्यालय महादेवस्थान हलेसी खोटाङ् सरुवा हुनुभएका प्रहरी निरिक्षक प्रमोद कार्कीलाई एफ एमले हिजो विदाई गरेको हो ।
कटारीमा रहँदा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने निरिक्षक कार्कीलाई एफ एमका अध्यक्ष रेणु पराजुलीले सम्मान पत्रका साथमा आगामी कार्यकाल सफलताको शुभकामना दिनुभयो ।प्रहरी निरिक्षक कार्कीले हलेशी सरुवा भएर गएपनि हलेशी कटारीसँगै जोडिएकाले अभैm आगामी दिनमा सहकार्य जारी राख्ने बताउनुभयो ।कार्की ईलाका प्रहरी कार्यालय कटारीबाट ईलाका प्रहरी कार्याले महादेवस्थान हलेशीमा प्रमुखको जिम्मेवारी सहित सरुवा हुनुभएको हो ।