images
images

वाणिञ्ज्य संघद्वारा कार्कीलाई विदाई पत्रकारद्वयलाई वधाई

जन्ताभ्वाईस सम्बाददाता
८ वैशाख ,बुधबार
कटारी /उदयपुर उद्योग वाणिज्य संघ , कटारीले ईलाका प्रहरी कार्यालय कटारीबाट ईलाका प्रहरी कार्यालय महादेवस्थान हलेसी खोटाङ् सरुवा हुनुभएका प्रहरी निरिक्षक प्रमोद कार्कीलाई विदाई गरेको छ । हिजो एक कार्यक्रमको आयोजना गरी संघले कार्कीको विदाईसँगै चैत्र २५ मा सम्पन्न नेपाल पत्रकार महासंघ शाखा उदयपुरको निर्वाचनमा सहसचिवमा निर्वाचित कटारीका पत्रकार ऋषि राई र सदस्यमा निर्वाचित सन्तोष कार्कीलाई बधाई ज्ञापन गरेको छ ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष राजेशचन्द्र श्रेष्ठले प्रहरी निरिक्षक कार्की र पत्रकार द्वयलाई सफल कार्यकालको शुभकामना दिनुभयो । त्यसैगरी संघका वर्तमान अध्यक्ष पुष्कर खड्काले आगामी दिनमा पनि सवैसँग सहकार्य जारी रहने बताउनुभयो । कार्यक्रमा वोल्दै निरिक्षक कार्कीले कटारीमा रहँदा पाएको मायाले आफु हर्षित भएको बताउनुभयो । पत्रकार राईले संघ सँगको सहकार्य जहिले पनि जारी रहने बताउनुभयो । कार्यक्रममा कटारीका संघमा आवद्ध तथा अन्य व्यापारी व्यवसायीहरुले तीनै जनालाई खादा तथा अविरले सम्मान गर्नुका साथै कार्कीलाई मायाको चिनो समेत प्रदान गरेको थियो ।