images
images

विद्यालयको आगनमा ढुंगा , प्रार्थना गर्ने समेत ठाउ अभाव

जन्ताभ्वाईस सम्बाददाता
५ वैशाख , आईतबार , २०७८

कटारी / लामो समयदेखि विद्यालयको प्राङ्गणमा ढुंगा राखिएपछी कटारी – ८ , स्थित मावि पट्नाभञ्ज्याङ्गका विद्यार्थीहरु समस्या भएको छ । विद्यालयको मूख्य प्राङ्गणमै विद्यालयको पर्खाल निर्माणका लागि ढुंगा थुपारिएको छ । विद्यालयमा रहेका साना साना वालवालिकाहरुलाई कक्षा कोठा आउजाउ गर्न नै समस्या हुने गरी ढुंगा राखिएको छ ।
विद्यालयको प्राङ्गणमा ढुंगा राखिएपछी प्रार्थना समेत विद्यालय परिसर पछाडी गर्नुपर्ने बाध्यता रहेको कक्षा १० का छात्रा अमितजंग खड्काले बताउनुभयो । ठुला विद्यार्थीहरुलाई भन्दा साना विद्यार्थीहरुलाई समस्या हुने गरेको विद्यार्थीहरुले बताएका छन् । ढुंगा राखिएको लामो समय भएपनि पर्खाल निर्माणको काम सुरु भएको छैन् । विद्यालयकै पर्खालका लागि ढुंगा राखिएको शिक्षक ओमशंकर यादबले बताउनुभयो । विद्यालयमा कक्षा कोठाको अभावमा एउटै कोठामा २ वटा सम्म कक्षा संञ्चालन समेत हुने गरेको छ ।