जन्ताभ्वाईस सम्बाददाता
४ वैशाख ,शनिबार , २०७८
कटारी /नेपाली काँग्रेसका महामन्त्री डा . शंसाक कोईरालाले काँग्रेसले सवैलाई बराबर हेर्ने गरेको बताउनुभयो । हिजो उदयपुरको कटारीमा वृहत जनसभा तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोईरालले कोरोनाको कारणले पर्यटनको विकास हुन नसकेको बताउनुभयो । त्यसैगरी नेपालीहरुलाई कृषीले नै आत्मनिर्भर बनाउने बताउँदै ओलीले देखाएको पानीजहाज सपनाहरुले नेपालीको जीवनस्तर नउस्किने बताउँदै कृषीमा बजेट बढाउनुपर्ने बताउनुभयो ।
त्यसैगरी नेपालमा काँग्रेसले कलेज स्थापना , विद्युतको विकास , प्रविधिको विकास काँग्रेसले मात्रै गरेको बताउनुभयो । धेरै सम्भावनाहरु रहेको बताउँदै नेपाली काँग्रेसको भविष्य उज्वल रहेको भन्द्र कोईरालाले आगामी निर्वाचनमा काँग्रेस पहिलो पार्टी भएर आउने बताउनुभयो । नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ उदयपुरले कटारीमा आमसभा तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । क्षेत्रीय कार्यसमितिका सभापति रामकुमार खत्रीले गएको निर्वाचनमा कम्युनिष्टले दिएको आश्वासनमा भोट दिएपनि देशको विकास नभएको प्रष्ट भएकाले काँग्रेसलाई आगामी निर्वाचनमा दुई तिहाई मत दिएर देशको विकास गर्ने अवसर दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा हाँस्य कलाकार जोगिन्दर पानवाला , गायक उदेश श्रेष्ठ , निशान भट्टराई , विनोद दनुवारले प्रस्तुती मार्पmत मनोरञ्जन दिलाएका थिए । त्यस्तै आकर्षक नृत्यहरु पनि कार्यक्रममा समेटिएको थियो । कार्यक्रममा काँग्रेसका विभिन्न तहका नेताहरुले सम्बोधन गरेका थिए । कटारीको भूगोलपार्कमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा उल्लेख्य सहभागीहरु सहभागी भएका थिए ।


जनता भ्वाइस 







