जन्ताभ्वाईस सम्बाददाता
३ वैशाख , शुक्रबार , २०७८
कटारी / उदयपुरको कटारी नगरपालिकामा दोस्रो नगर मेयर कप १ नम्बर प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगिता आजबाट सुरु भएको छ । कटारी नगरपालिकाको सहयोग तथा भुतपुर्व सैनिक क्लब कटारीको आयोजनामा सुरु भएको प्रतियोगिता स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गरी राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको भुपु सैनिक क्लवका अध्यक्ष विष्णुआले मगरले बताउनुभयो ।
प्रतियोगितामा १ सय जना खेलनाडीहरुको सहभागिता रहेको मगरले बताउनुभयो । कार्यक्रमको औपचारिक उद्घाटन गर्दै कटारी नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउनुभयो । व्याडमिन्टनमा पनि राष्ट्रिय तहमा खेलाडी उत्पादन गर्न खेलाडीको हौसलाका लागि मेयर कपको थालनी गरिएको र खेलाडीहरुको चाहना अनुसार सबै प्रकारका खेलाडीहरुका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता समेत प्रमुख श्रेष्ठले व्यक्त गर्नुभयो । कार्यक्रमको अवसरमा कटारीमै निमार्ण गरिएको कटारी कर्भड हल पनि उद्घाटन गरिएको छ । नगर प्रमुख श्रेष्ठले रिवन काटेर भवन उद्घाटन गरिएको हो ।


जनता भ्वाइस 








