images
images

नयाँ वर्षको दिन मेयर श्रेष्ठद्वारा त्रिवेणी माविमा २ करोडको भवनको शिलान्यास

जन्ताभ्वाईस सम्बाददाता
१ वैशाख,बुधबार , २०७८

कटारी /आज नयाँ वर्षको पहिलो दिनको अवसर पारेर उदयपुरको कटारी स्थित श्री त्रिवेणी मावि कटारी ४ मा नयाँ भवनको शिलान्यास गरिएको छ । नेपाल सरकारको नमुना विद्यालय भौतिक निर्माण अनुदान अन्र्तगत २ करोडको १५कोठे विद्यालय भवनको नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले शिलान्यास गर्नुभयो ।
विद्यालयलाई प्राप्त हुने २०७७।७८र ७८।७९ को बजेटबाट निर्माण सुरु गरिएको भवनको शिलान्यास गरिएको विद्यालयका प्रधानाध्यापक वालकृष्ण कार्कीले बताउनुभयो । नमुना विद्यालय गुरुयोजनाबाट प्रस्तावित ३ तले शैक्षिक भवनको शिलान्यास गरिएको हो ।
भवनको शिलान्यास गर्दै मेयर श्रेष्ठले नगरको नमुना विद्यालयलाई नमुना बनाउन नगर जहिले पनि कृयाशिल रहने बताउनुभयो । शिक्षकहरु , व्यवस्थापन समितिको पदाधिकारीहरु लगायतका सरोकारवालाहरुको उपस्थितिमा भवनको शिलान्यास गरिएको हो ।