
जन्ताभ्वाईस सम्बाददाता
१ वैशाख , बुधबार,२०७८
कटारी / जीर्ण सिद्धिचरण राजमार्ग अन्र्तगत सिरहाको मिर्चैया देखि उदयपुरको कटारी – घुर्मी सडकखण्ड स्तरउन्नतीका लागि संघर्षका कार्यक्रम तय गरेको संघर्ष समितिले विभिन्न निकायमा ज्ञापन पत्र बुझाएको छ । समितिको आईतबार वसेको वैठकले तत्काल सडकखण्ड स्तरउन्नतीका लागि सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो । निर्णय बमोजिम समितिले हिजो कटारी नगरपालिका , ईलाका प्रशासन कार्यालय कटारी , जिल्ला भौतिक पूर्वाधार कार्यालय , जिल्ला प्रहरी कार्यालय , जिल्ला प्रशासन कार्यालय , ईलाका प्रहरी कार्यालय कटारीमा ज्ञापन पत्र बुझाएको हो ।यस अघि समितिले सडक डिभिजन कार्यालय लहानमा पनि ज्ञापन पत्र बुझाईसकेको छ ।
ज्ञापन पत्र वुभ्mदै कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले यस राजमार्गका लागि आफुले पनि सक्दो पहल गरिरहेको बताउँदै सकारात्मक कार्यका सम्बन्धित निकायमा जानकारी गराई ध्यानाकर्षण गराउने बताउनुभयो । ज्ञापन पत्र लगत्तै कुनै पनि प्रकृया अघि नबढे आगामी वैशाख ६ गतेदखि कटारी नगरपालिकाको मरुवा , पट्नाभञ्याङ्ग , गहुँबारी , वेतेनीमा शान्तिपूर्ण रुपमा एम्बुलेन्स बाहेकका सवारीसाधन अनिष्चित कालका लागि संञ्चालन गर्न नदिने समितिले निर्णय गरिसकेको छ ।