images
images

दुधौली २ का जनप्रतिनिधि र कर्मचारी भ्रमण गएपछी सेवाग्राहीले दुईदिन दुःख पाए

जन्ताभ्वाईस सम्बाददाता
३० , चैत्र , सोमबार , २०७७
दुधौली/ सिन्धुली जिल्लाको दुधौली नगरपालिका २ का जनप्रतिनिधी र कर्मचारी वडा कार्यालयका सेवा नै ठप्प परेर भ्रमणमा गएपछी सेवाग्राहीहरुले विहिबार र शुक्रबार दुईदिन दुःख पाए । वडाका वडा अध्यक्ष, सचिव, कम्प्यूटर अपरेटर लगाएत सम्पुर्णको समूह नै कृषि भ्रमणमा गएका हुन् ।
सेवाग्राहीले आफ्नो अति आवस्यक पर्ने सिफारीस लिन आउँदा वडामा सम्बन्धित निकाय नै नभए पछि वडामा आउने सेवा ग्राहीले २ दिन सम्म समस्यामा भोग्नुपरेको थियो । नगरका प्रवक्ता समेत रहेका वडा नम्बर २ का वडा अध्यक्ष रीतेश राउतका साथै अन्य जनप्रतिनिधी र सबैजसो कर्मचारी सेवा नै ठप्प हुने गरी भ्रमणमा गए पछि वडाका सेवाग्राहीलाई समस्या परेको सेवाग्राहीहरुको भनाई छ ।
वडाले तय गरेको कृषि भ्रमण अन्तरर्गत वडाका अध्यक्ष, सदस्य, कर्मचारी, वडाको काम नै प्रभावित हुने गरी भ्रमणमा गएका थिए । गत बिहिवार देखि नै वडाका सबै जसो प्रतिनिधी र कर्मचारी विना सूचना भ्रमणका लागि गए पछि सेवा लिन सेवाग्रहीले दुख पाएको उनिहरुकोे भनाई छ ।
साबिक हत्पते ३ भर्लेनीबाट कृषि प्राबिधिक बोलाउन आएका कृषक ओम श्रेष्ठ पटक पटक कार्यलयमा आउँदा पनि वडाका प्राविधिक नभेटिए पछि पुनः फर्कनु प¥यो । दुधौली २ कै जल्केनीबाट जन्म दर्ता गराउन आएका सेवाग्रहीले पनि वडाका सबैजना भ्रमणमा गए पछि त्यतिकै फर्कनु परेको भन्दै दुख ब्यक्त गरे । त्यसै गरी नागरीकता हराएकोे कारण सिफरिस र जन्म लर्ता लिन आएका अजय र मिथुन अधिकारी दाजुभाई पनि त्यतिकै फर्कनु परेको भन्दै आक्रोस व्यक्त गरे ।
केहि कर्मचारी र सहयोगीको भरमा रहेको कार्यालयबाट सिफारिस नपाउने भएपछि सेवाग्राही फर्किनुपरेको सेवाग्राहीहरुको भनाई छ ।बिहिबार र शुक्रबार सेवा ठप्प पारेर हिनेका कर्मचारी र जनप्रतिनिधि शनिबार वेलुका फर्किएपछी आईतबार देखि भने सेवा सुचारु भएको छ ।