images
images

कटारीका योगेन राई द भ्वाईसको व्याटल राउण्ड प्रवेश

जन्ताभ्वाईस सम्बाददाता
३० चैत्र , सोमबार , २०७७
कटारी/ चर्चित रियालिटी शो द भ्वाईस अफ नेपालमा उदयपुरको कटारीका योगेन्द्र राई ब्याटल राउण्ड प्रवेश गर्न सफल हुनुभएको छ । भ्वाईसको सिजन ३ को ब्लाईण्ड अडिसनबाट योगेनले राईले ब्याटल राउण्ड प्रवेश गर्नुभएको हो । शोको इपिसोड ८ बाट आफ्नो प्रस्तुति राख्दै भ्वाईसमा आफुलाई प्रवेश गराउन सफल हुनुभएको हो । उनलाई अन्तिममा तिर्सना गुरुङले बज गरी भ्वाईसमा स्वागत गर्नुभएको थियो । योगेन्द्रले भ्वाईसमा पुष्पन प्रधानको पंन्क्षी फर्केर स्वदेश आउ बोलको गित गाउनुभएको थियो । दभ्वाईस हिमालय टेलिभिजनबाट शुक्रबार र शनिवार प्रशारण भईरहेको छ ।