images
images

सिद्धिचरण राजमार्ग स्तरउन्नती संघर्ष समितिद्वारा सडकबन्द सम्मको संघर्षका कार्यक्रम तय

जन्ताभ्वाईस सम्बाददाता
३० चैत्र , सोमबार , २०७७

कटारी / सिद्धिचरण राजमार्ग अन्र्तगत सिरहाको मिर्चैया देखि उदयपुरको कटारी – घुर्मी सडकखण्ड स्तरउन्नती संघर्ष समितिले दबाबका कार्यक्रमहरु तय गरेको छ । समितिका संयोजक तथा वडा नम्बर ११ का वडाध्यक्ष दिपक बुढाथोली (सरोज)ले सडकखण्ड अनिष्चित कालिन बन्द गर्ने सम्मको कार्यक्रम तय गरेको बताउनुभयो ।्समितिको आईतबार वसेको वैठकले तत्काल सडकखण्ड स्तरउन्नतीका लागि सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ । त्यसैगरी ज्ञापन पत्र लगत्तै कुनै पनि प्रकृया अघि नबढे आगामी वैशाख ६ गतेदखि कटारी नगरपालिकाको मरुवा , पट्नाभञ्याङ्ग , गहुँबारी , वेतेनीमा स्थानीयको ठूलो समूहले शान्तिपूर्ण रुपमा एम्बुलेन्स बाहेकका सवारीसाधन अनिष्चित कालका लागि रोक्ने निर्णय गरेको छ ।
संयोजक बुढाथोकीका अनुसार समितिले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा राजमार्गका लागि दुई लाईन सडकका लागि लागत ईष्टिमेट अनुसार बजेट सुनिष्चित हनुपर्ने ,बजेट सुनिष्चित नभएसम्म स्काभेटर , पानी ट्याङ्कर ,ट्रिपर लगायतका तत्काल सडकका समस्या समाधान गर्दै आउजाउ गर्ने उपकरणको व्यवस्था गरेर मात्रै सडक संञ्चालन हुनुपर्ने जस्ता मागहरु राखेको छ । सिद्धिचरण राजमार्गको कटारी नगरपालिका क्षेत्रमा पर्ने कटारीदेखि घुर्मीसम्म जम्मा ४६ किलोमिटर सडक जीर्ण बनेको छ । जुन क्षेत्र कटारी नगरपालिकाको वडा नम्वर ८, ९, १०, ११, १३ र १४ मा पर्दछ । त्यही सडकको स्तरउन्नतिको माग गर्दै यसअघि कटारी नगरपालिकाको बेतेनीमा बसेको एक भेलाले सिद्धिचरण राजमार्ग स्तरउन्नतिको लागि दबाब समूह गठन गरेको थियो ।
यस सडकखण्डमा वषौँअघि गरिएको कालोपत्रै भत्किएको अढाईदशक बितिसक्दा पनि स्तरोन्नतीको काम नहुँदा स्थानीय र यात्रुहरुले चरम सास्ती भोग्नु परेको छ । उदयपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका लाखौँ सर्वसाधारणको आवागमन र दैनिक उपभोग्य सामग्री ढुवानी हुने सिद्धिचरण राजमार्गको स्तरोन्नति नगरिँदा यात्रुहरु बर्षामा हिलो र हिँउदमा धुलो सहित जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । प्रदेश २ को सिरहादेखि मिचैँयादेखि प्रदेश १ को उदयपुरको कटारी, घुर्मी हुँदै ओखलढुँगा जोड्ने सिद्धिचरण राजमार्गको कटारी घुर्मी सडक खण्ड ४६ किलोमिटर छ
सडक दिगो नहुँदा मुख्य व्यापारीक केन्द्र कटारी बजारको व्यापार व्यावसायसमेत खस्केको सरोकारवालाको भनाइ छ । सडकमा एकतर्फी यात्रा गर्नसमेत समस्या छ । तर दोहोरो सवारी साधन सञ्चालन हुने यो खण्डका अधिकांश भाग भत्किएकाले पछिल्लो सयम दैनिक जस्तो साना ठूला दुर्घटना हुने गरेका छन् । वि.सं. २०५२ देखि नै निर्माण शुरू भएर २०५८ सालमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको उक्त सडकखण्ड अहिले यतिका वर्ष वितिसक्दा पनि सडकको भत्केको खाल्डा समेत पुनःनिर्माण हुन नसक्दा उदयपुरको कटारीदेखि घुर्मीसम्मको ४६ किलोमिटर सडकखण्ड अहिले जीर्ण भई जोखिम अवस्थामा छ । सडकका दायाँबायाँ रहेका भागहरू अधिकांश भत्किएका छन् भने सडकका बीचबीचमा ठूला खाल्डा परेका कारण साना तथा ठूला सवारीसाधन सञ्चालन गर्न दिनानुदिन जोखिम बढ्दै गएको छ ।