images
images

समावेशी एफ एमद्वारा निर्वाचित पत्रकारलाई वधाई तथा शुभकामना

जन्ताभ्वाईस सम्बाददाता
चैत्र २९ ,आईतबार , २०७७

कटारी / उदयपुरको कटारी स्थित समावेशी एफ एम ९२दशमलव ३ मेगाहर्जले ३ पत्रकारलाई सम्मान तथा वधाई दिएको छ । चैत्र २५ मा सम्पन्न पत्रकार महासंघको शाखाहरुमा भएको निर्वाचनमा निर्वाचित ३ पत्रकारलाई एफ एमले वधाई साथै सफल कार्यकालको शुभकामना दिएको हो ।
महासंघको उदयपुर शाखाबाट सहसचिव पदमा निर्वाचित एफ एमका समाचार प्रमुख ऋषि राई , सिन्धुली शाखाबाट निर्वाचित एफ एमका कार्यक्रम प्रस्तोता तथा दुधौली संवाददाता रोहित गुरुङ्ग र कटारीबाट पत्रकारिता गर्दै आएका उदयपुर शाखाबाट सदस्यमा निर्वाचित युवराज कार्की सन्तोषलाई एफ एमले बधाई दिंदै कार्यकाल सफलताको शुभकामना दिएको हो ।
एफ एमका अध्यक्ष रेणु पराजुलीले निर्वाचित पत्रकारहरुलाई खादा तथा अविर लगाएर वधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो । त्यसैगरी स्टेशन म्यानेजर सञ्जु राउतले तीनै पत्रकारलाई शुभकामना दिंदै कटारीबाट निर्वाचित हुनु चुनौती पूर्ण हुँदा हुँदै पनि निर्वाचित भएकोमा बधाई दिनुभएको थियो ।