images
images

कटारीमा विद्युत अनियमित रुपमा जाने आउने भएपछी समस्या

जन्ताभ्वाईस सम्बाददाता
२९ ,चैत्र,आईतबार
कटारी / उदयपुरको कटारीमा केहिदिनदेखि अनियमित रुपमा विद्युत प्रसारण जाने आउने भएपछी समस्या भएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । विद्युत जाने आउने , नियमित नहुने , पटक पटक विद्युत जाने समस्या भएपछी सेवाग्राहीहरुले गुनासो गरेका हुन् । विद्युतका माध्यमबाट काम गर्ने फर्निचर लगायतका सेवाग्राहीहरुले विद्युतका कारण समस्या भोग्नुपर्ने बताएका छन् ।
त्यसैगरी विद्युतिय सामाग्री प्रयोगकर्ताहरुले पनि लाईन आउने जाने गरेका कारण समस्या भोग्नु पर्ने बताएका छन् । विद्युत अनियमित आउने जाने बारे नेपाल विद्युत प्राधिकरणको शाखा कटारीको कार्यालयको नम्बर ०३५४५०२५० मा फोन गर्दा कार्यालयले आगमन कल नै निषेध गरेपछी झनै समस्या भएको छ ।