images
images

नगरपालिकाले तालिम दिएपछी गाउँका महिलाले कुदाए अटो रिक्सा

जन्ताभ्वाईस सम्बाददाता
२३ चैत्र , सोमबार , २०७७

कटारी / उदयपुरको कटारी नगरपालिकाले ५ नम्बर वडाका १२ जना महिलाहरुलाई अटो रिक्सा चालक बनाएको छ । नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्धम कार्यक्रम मार्पmत २५ दिने अटो रिक्सा ड्राईभिङ्ग तालिम दिएर १२ महिलाहरुलाई अटो रिक्सा चलाउन सिकाएको हो ।
घरपरिवार चलाउन सहज होस भन्ने उद्येश्यका साथै गाउँमा पनि अटो रिक्सा चलाउन सक्ने उद्धमी तयार गर्न उनीहरुलाई नगरपालिकाले तालिम दिएको हो । तालिमबाट अटो चलाउन सक्ने भएको बताउँदै सहभागी कटारी ५ की सरिता विकले अव हातमा सिप थपिएको बताउनुभयो ।विवाहा गरेर घरपरिवार चलाउँदै आएका महिलाहरुलाई तालिम दिईएको हो ।
सोमबार तालिमको समापन गर्दै उपमेयर भिमकुमारी राउतले सिपलाई कार्यन्वयनमा ल्याउन आग्रह गर्दै सवारी चालक अनुमति पत्रका लागि सम्बन्धित कार्यालयसँग पनि नगरपालिकाले समन्वय गर्ने बताउनुभयो । लिएको तालिमलाई सदुपयोग गर्दै घरव्यवहारलाई सहज किसिमले चलाउन सक्ने गरी अघि बढ्न महिला सहभागीहरुलाई उपमेयर राउतले आग्रह गर्नुभयो ।
तालिम समापनमा सहभागी महिला चालकहरुले उपमेयर महिलालाई अटोमा राखेर घुमाएका थिए । वडा नम्बर ५ का वडासदस्य वीरबहादुर तामाङ्गले सहभागीहरुलाई दुर्घटनाको समेत जोखिम हुने भएकाले आगामी दिनमा सचेत भएर सवारी चलाउन आग्रह गर्नुभयो । थोरै लगानीमा पनि अटो रिक्सा लिएर गाउँगाउँ सम्म घरमै वसेर स्वरोजगार हुन सक्नेभएपछी अटो रिक्सामा महिलाको समेत आकर्षण बढ्दै गएको छ । तालिममा पुरुष भने २ जना मात्रै सहभागी भएका थिए ।