जन्ताभ्वाईस सम्बाददाता
२१ चैत्र,शनिबार
कटारी /उदयपुरको कटारी स्थित ईलाका प्रशासन कार्यालय कटारीले कार्यालय सारेको छ । कटारी स्थित भूगोलपार्कको पश्चिममा रहेको कार्यालय कटारी ४ को जहडीमा सारिएको हो । कार्यालयले भोलि आईतबारदेखि जहडीको मील नजिकको कार्यालयबाट सेवा दिने भएको हो ।कार्यालयले यसबाट पर्न गएको असरका लागि सेवाग्राहीहरुसँग क्षमा माग्दै आगामी दिनमा जहडीबाट नियमित सेवा दिने जनाएको छ ।